सैन्य कारबाहीमा अफगानिस्तानमा १० तालिवानको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ पुष २०७२, मंगलवार ०६:२७

afaganistanकाबुल । अफगानिस्तानको ३४ मध्ये सात प्रान्तमा अफगान राष्ट्रिय सुरक्षाबल (एएनएसएफ) ले तालिवान सशस्त्र विद्रोहीविरुद्ध गरेको कारबाहीका क्रममा १० तालिवानको मृत्यु भएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयले आइतवार जारी गरेको विज्ञप्तिमा १० तालिवानीको मृत्यु भएको उल्लेख छ । अफगानिस्तानको फर्याब, सर ई पुल, खोस्त, गजनी, हेरात, जाबुल र हेलमान्ड प्रान्तमा सो कारबाही भएको थियो । कारबाहीक्रममा १० आतङ्ककारी मारिनुको साथै अन्य आठ घाइते र ६ जना पक्राउ परेका छन् ।

गत २४ घन्टासम्म जारी राखिएको कारबाहीमा एएनएसएफले हातहतियारसमेत कब्जा गरेको बताइएको छ । यस कारबाही सुरक्षाबलतर्फ कुनै हताहती नभएको विज्ञप्तिमा जनाइएको छ । अफगानिस्तानमा गत जनवरीदेखि नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसकेका छन् । हाल त्यहाँ अफगान सेनाले नै कारबाही गर्ने गरेको छ । पछिल्लो समयमा तालिवानले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीलाई लक्ष्य गरी आक्रमणलाई तीव्र पारेका छन् ।

सिन्ह्वा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१