रहेनन् संसारका सबैभन्दा मोटा मानिस, हृदयाघातबाट मृत्यू

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७२, शनिबार १७:१९

काठमाडौं । संसारको सबैभन्दा मोटो मानिस मेक्सिकोका एन्ड्रेस मोरेनोको शुक्रबार निधन भएको छ । मोरेनोको दुई महिना पहिला सर्जरी गरिएको थियो ।

मेक्सिकोका ओब्रेगन सिटीमा बस्ने ३८ वर्षीय एन्ड्रेस मोरेनोको परिवारका अनुसार उनको मृत्यू हृदयाघातबाट भएको हो । मृत्यूको बेला उनको तौल ४५० किलो थियो । उनको २८ अक्टोबरमा सर्जरी गरिएको थियो ।

मोटापनका कारण उनी ओछ्यानबाट उठ्न पनि सक्दैनथे । २७ अक्टोबरमा ग्यास्ट्रिक सर्जरी गर्नको लागि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । मोटोपनका कारण एन्ड्रेस पछिल्लो कयौं वर्षदेखि ओछ्यान परेका थिए । यसकारण पनि उनको तौल लगातार बढिरह्यो र उनलाई कैयौं किसिमका रोगले आक्रमण गर्यो ।

Andress Moreno1fattest man

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१