बलिउडका तीन खानले कति पढेका छन् ? को हो सबैभन्दा विद्वान खान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ भाद्र २०७२, सोमबार ०७:०२

बलिउडका सुपरस्टार तीन खानबीच अनेक प्रतिस्पर्धाका कुरा हुन्छन् । उनीहरुबीच फेसबुक, ट्वीटर लाइक र कमाइ सम्मका चर्चा चलिरहन्छन् । खासमा तीन खान शाहरुख, सलमान र आमिर खान मध्ये को सबैभन्दा बढी सुपरस्टार भन्ने विषयमा पनि सँधै विवाद र बहस हुन्छन् ।

बलिउडका चर्चित सेलिब्रेटी: कसले कति पढेका छन (फोटो फिचर)

यी तीन खानको शैक्षिक योग्यता चाँहि के छ त ? शाहरुख खान, आमिर खान र सलमान खानले कति सम्म पढेका छन् ?

शाहरुख खान फेरी बने नम्बर १ खान

शाहरुख खानः

हंसराज कलेज पढेका शाहरुख खान ने मास कम्यूनिकेशनमा मास्टर्स डिग्री सम्म पढेका कलाकार हुन् । उनले दिल्लीको जामिया मिलियामा भर्ना भएपनि कोर्स पुरा गरेनन् । शाहरुख खान तीन खान मध्ये सबैभन्दा बढी ट्वीटर फलोअर भएका खान हुन् ।

सलमान खानः

संसारकै सबैभन्दा बढी कमाउने कलाकारको सुचीमा रहेका सलमान खानले ग्वालियरको सिन्धिया स्कुलमा पढेका थिए । त्यसपछि उनी मुम्बइको सेन्ट स्टानिसलाङ हाइस्कुल गए । उनी बान्द्रा नेशनल कलेजका ड्रपआउट विद्यार्थी हुन् ।

आमिर खानः

बलिउडमा मिष्टर पर्फेक्सनिष्ट भनिने आमिर खान कक्षा १२ सम्म मात्र पढेका विद्यार्थी हुन् । कक्षा १२ पछि उनी अभिनयमा लागे । त्यसपछि उनले पढाइ अघि बढाएनन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१