काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । अधिवेशन आगामी वैशाख २८ गते शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया