मिडिया नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा सक्रियतापूर्वक सहभागिता जनाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०८१, बिहीबार ०६:०३

काठमाडौं ।  मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक्रियतापूर्वक सहभागिता जनाउने निर्णय गरेको छ ।

मिडिया नेपालको बैठकले महत्वपूर्ण ४ वटा निर्णय गरेको अध्यक्ष गोपाल पौड्यालद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ । पत्रकार महासंघको आगामी निर्वाचनमा उम्मेदवार छान्न तथा अरु संघ संगठनसँग समन्वय गर्नका लागि मिडिया नेपालले अध्यक्ष पौड्यालको संयोजकत्वमा मुकुन्द ढुंगाना र राजेन्द्र वस्नेत सदस्य रहेको समिति गठन गरेको छ । मिडिया नेपालले केही पदीय जिम्मेवारीसहित संस्था पुनर्गठन गरेको पनि जनाएको छ ।

मिडिया नेपालले पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा केन्द्रित भएर तत्कालै चियापान तथा भेटघाट कार्यक्रम गर्ने पनि जनाएको छ । पत्रकार महासंघको निर्वाचन जेष्ठ २६ गते हुँदैछ ।

May be an image of text

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, असार २३, २०८१