ढाड दुख्ने समस्या भएकाहरुका लागि ‘डग्गी स्टाइल’ सेक्स पोजिशन उपयुक्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ श्रावण २०७२, आईतवार १८:५३

ढाड दुख्ने समस्या भएकाहरुका लागि वैज्ञानिकहरुले उपयुक्त सेक्स पोजिशन पत्ता लगाएका छन् ।  क्यानडाका अनुसन्धानकर्ताका अनुसार ढाड दुख्ने समस्या भएकाहरुका लागि ‘डग्गी स्टाइल’ सबैभन्दा उपयुक्त आसन भएको पत्ता लगाएका छन् ।
युनिभर्सिटी अफ वाटरलू ओन्तारियोका वैज्ञानिकहरले सेक्सका क्रममा कसरी मेरुदण्ड चलायमान हुन्छ भन्नेबारेमा दस्तावेज नै तयार पारेका छन् । अनुसन्धानकर्ताहरुले इन्फ्रारेड र इलेक्ट्रोम्याग्नेटिकको माध्यमद्वारा सेक्सका क्रममा कसरी शरीर चलायमान हुन्छ भन्ने बारेमा अनुसन्धान गरेका थिए ।
यसका लागि उनीहरुले १० दम्पत्तिले प्रयोग गरेका प्रचलित ५ वटा सेक्स आसनको अध्ययन गरेका थिए । उनीहरुले पुरुषको ढाडमा पर्ने दबाबमा आधारित रहेर एउटा निर्देशिका नै तयार पारेका छन्, जसले सेक्सका क्रममा अपनाइनुपर्ने आसनका बारेमा सुझाव दिइएको छ ।अनुसन्धानकर्ताहरुले ढाडको समस्या भएकाहरुले परम्परागत ‘स्पूनिङ’ शैलीभन्दा ‘डग्गी स्टाइल’ को शैली अपनाउन सुझाव दिएका छन् ।
मेरुदण्डको सहायताले धक्का दिने शैलीभन्दा हिपको सहायताले सेक्स गर्ने शैली ठीक हुने वैज्ञानिकहरुको भनाई छ । एजेन्सी ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१