डा. केसी भन्छन सरकारलाई २ हप्ता समय सिमा भो ,परराष्ट्र मन्त्रि भन्छन एक नम्बरको ढोंगी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ श्रावण २०७२, बुधबार १५:३२

काठमाडौं,२७ साउन । शिक्षण अस्तापलका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीले आफ्ना माग पुरा गर्न  भदौ ७ गते सम्‍मको समय सिमा दिएका छन्  । बुधबार मुख्यसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा स्वास्थ्यसचिव सहितको सरकारी टोलीसँगको वार्तापछि डा. केसीले भदौ सात गते चार बजेसम्मको समय दिएका हुन् ।

सरकारले समय माग गरेका कारण असनसन स्थगित गर्नु परेको डा. केसीले जानकारी दिएका छन्। बुधबार विहान राष्ट्रिय योजना आयोगगका उपाध्यक्ष गोविन्द पाखरेसहितको टोलीले शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेट्दै सहकार्यमा अगी बढ्न आग्रह गरेका थिए ।

६ सूत्रीय माग राखेर अल्टिमेटम दिएको १७ दिन बित्दा पनि सरकार माग पूरा गर्न संवेदनशील नभएको भन्दै केसीले बुधबारदेखि अनशन बस्ने बताएका थिए ।  गोविन् केसीले आफ्ना माग पुरा गर्न भदौ सात गते चार बजेसम्मको समय दिएका छन् ।  भदौ ७ गते ४ बजे सम्ममा आफ्नो माग पुरा नभएमा फेरी आफु अनसन बस्न बाध्य हुने केसीले जिकिर गरेका छन ।

यता परराष्ट्र मन्त्रि  महेन्द्र बहादुर पाण्डेले भने दिनभर अनसन बस्ने रातभर खाने अनसन बसेको भन्दै केसीको आलोचना गरेका छन् । राष्ट्रिय युवा परिषदले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै पाण्डेले डा.केसीका मागहरु जायज नभएको बताए । उनले भने ” तालु खुइलिसकेर पनि डा केसी बचपना देखाई रहेका छन् ,देशमा जनशक्ति उत्पादन गर्न नदिएर के गर्न खोजेको ?’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१