जान्नुहोस्, बासी पानी पिउन हुन्छ कि हुँदैन ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७२, सोमबार १२:५७

waterतपाईले आफ्नो सुत्ने कोठामा राखेको गिलासको पानी बिहान उठेर खाँँदा यसको स्वादमा परिवर्तन भएको हुन्छ । यसको कारण भनेको बेलुकाबाट विहानसम्ममा हुने रासायनिक परिवर्तन हो भन्ने कुरा पत्ता लागेको छ । तर नआत्तिनुहोस्, किनभने यस प्रकारको रासायनिक परिवर्तन हानिकारक हुँदैन । हालै डिस्कोभरी न्युजमा यस प्रकारको परिवर्तनका साथै किन पानी भएको बोतलमा एक्सपाइरी डेट राखिन्छ भन्ने भिडियो प्रसारण गरिएको थियो ।

डेलीमेलमा प्रकाशित एक सामग्रीका अनुसार पानीमा प्रोटिन वा सुगर हुदैन यसले गर्दा पनि पानीलाई माइक्रोव्स्ले खानालाई टुक्र्याए जसरी टुक्र्याउँदैन । यसले गर्दा अन्य खाना बिग्रिए झैं पानी बिग्रिदैन । तर रासायनिक प्रक्रियाले गर्दा पानीको थोरै भाग मात्रै कार्बोनिक एसिडमा परिवर्तन हुन्छ । डिस्कोभरी न्युज ‘कार्बोनिक एसिडले एउटा वा दुईटा प्रोटोन गुमाउने र कार्बोनेट वा बाइकार्बोनेटमा परिणत हुने’ भनेको छ । यसले गर्दा पानीको स्वादमा केही परिवर्तन हुनेगर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१