दुई विश्वविद्यालय स्थापना गर्ने तयारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७२, बिहीबार ११:२६

काठमाडौं, १४ साउन । सरकारले थप दुई विश्वविद्यालय स्थापना गर्ने भएको छ । शिक्षा मन्त्रालयले व्यवस्थापिका संसद सचिवालयमा दर्ता गराएको नेपालगञ्ज विश्वविद्यालय र राजर्षिजनक विश्वविद्यालयको विधेयक संसदमा पेश भएको छ । त्यस्तै मन्त्रालयले नेपाल खुल्ला विश्वविद्यालय विधेयक २०७२ पनि सचिवालयमा दर्ता गरेको छ । यो विधेयक भने संसदमा पेश हुन बाँकी छ ।
राजर्षिजनक विश्वविद्यालयले कला, विज्ञान, चिकित्सा शास्त्र, कृषि, वन, पर्यटन, आयुर्वेद, कानुन, व्यवस्थापन, शिक्षा, दर्शन, प्राविधिक, व्यवसायिक बिषय अध्ययन गराउने उल्लेख छ ।

eduविश्वविद्यालयको केन्द्रीय कार्यालय धनुषाको जनकपुर नगरपालकिा क्षेत्रमा रहने व्यवस्था गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनकपुर नगरपालिकामा सञ्चालित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको आधार क्याम्पसको रुपमा सञ्चालन गरिने विधेयकमा उल्लेख छ । त्यस्तै त्रिविको आगिंक सूर्यनारायण, सत्यनारायण यादव बहुमुखी क्याम्पस सिराहा, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई उक्त विश्वविद्यालयको आगिंक क्याम्पसको रुपमा कायम गर्ने उल्लेख छ ।

प्रधानमन्त्री सुशिल कोइरालाको गृह जिल्ला बाँकेमा खोल्ने तयारी गरेको नेपालगञ्ज विश्वविद्यालयमा कला, विज्ञान, चिकित्साशास्त्र, कानुन, व्यवस्थापन, शिक्षा, प्राविधिक तथा अन्य बिषय अध्यापन गराउन स्थापना गर्न लागेको शिक्षा मन्त्रालयले जनाएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय बाँकेमा राखिने विधेयकमा उल्लेख छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपालगञ्ज नगरपालिकामा सञ्चालित महेन्द्र बहुमुखी क्याम्पस र नर्सिङ क्याम्पसलाई विश्वविद्यालयको आधार क्याम्पसको रुपमा सञ्चालन गरिने विधेयकमा उल्लेख छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयको आगिंक महेन्द्र मोरङ र जुम्ला क्याम्पसलाई उक्त विश्वविद्यालयले आगिंक क्याम्पसको रुपमा कायम गर्ने विधेयकमा उल्लेख छ । संसदमा पेश भएको विधेयकमाथि छलफल भएपछि बल्ल पारित हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१