त्रिवि र भारतको विश्वविद्यालयबीच दुईपक्षीय सम्झौता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७२, बुधबार ११:०९

aasamकाठमाडौ, १३ साउन । त्रिभुवन विश्वविद्यालय र भारतको आसाम डाउन टाउन विश्वविद्यालयबीच एक-अर्काको शैक्षिक कार्यक्रम सञ्चालन गर्न मंगलबार दुईपक्षीय सम्झौता भएको छ । त्रिविले डाउन टाउनको मेडिकलतर्फका केही विषय सहकार्यमा सञ्चालन गर्न समझदारी गरेको हो । एक महिनाअघि त्रिविका मानविकी संकायका डिन, विदेश विभाग प्रमुखसहितका अधिकारी उक्त विश्वविद्यालयको जानकारी लिन आसाम गएका थिए । भारतको गुहाटीस्थित आसाम डाउन टाउनकी उपकुलपति नन्दिता चौधरी दुईपक्षीय सम्झौता गर्न काठमाडौं आएकी छिन् । त्यस्तै उक्त विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीबीच पनि दुईपक्षीय सम्झौता भएको छ । कान्तिपुरबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१