विद्यालयको अध्यक्ष बन्न कुर्सी तोडफोड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७२, मंगलवार १०:१३

मकवानपुर, १२ साउन । चन्द्रोदय उच्च मावि हेटौंडा–८ कमानेको व्यवस्थापन समिति चयनमा सुरक्षा नपाएर उम्मेदवारी फिर्ता लिनु परेको उम्मेद्वारहरुले बताएका छन् । राजनीतिक स्वर्थका कारण आफुहरुलाइ जवरजस्ती रुपमा हटाएर दादागिरी ढंगबाट अध्यक्ष चयन गरेको भन्दै उम्मेदवारहरुले दुखेसो पोखेका छन् । ब्यवस्थापन समिती अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी रहेको थियो । त्यसेबेला चुनाव हुने भनिएको थियो । तर कुर्सी तोडफोड गरेर छाड्नै पर्छ भनेर डर त्रास दिएको उनिहरुको भनाइ छ । थौरै अभिभावक मात्रै उपस्थितभएको बेला एकलौटी ढङगबाट समिति चयन गरेको उनिहरुले आरोप लगाएका छन् । .हामी पनि सक्छौ भनेर केहि गर्छु भनेर उमेद्वारी दिएको थिए एक मात्र महिला उम्मेदवार चरी कार्कीले भन्नुभयो पुरुषले त बल्ल तल्ल चलाएको समिति महिलाले चलाउन सक्दैन भनेर जबजस्ती रुपमा छाड्नु पर्ने दवाब पहिलेदेखि नै आउने गरेको थियो । चर्को दवाबकाबीचमा पनि आफूले हिम्मत गरेको भएपनि पछि एकलौटी रुपमा प्रवेश पोखरेललाई उमेद्वार बनाउने भन्दै कुर्सी तोडफोड भएपछि आफु नै सुरक्षित नहुने भएपछि छाड्न बाध्य भएको काकीले बताउनुभयो । उहाँले भन्नुभयो–महिलाले पनि केहि गर्न सक्छन् भनेर अध्यक्ष बनेर विद्यालयको लागि केहि गरेर देखाउने मन थियो, अगाडि बढ्न दिएन्न ।

अध्यक्षका अर्का उमेदवार जनार्दन पुडासैनीले पनि चुनावमा जाँदा हार निश्चित भएपछि पार्टीगत रुपमा आफुहरुलाई धम्कि दिएर छाड्न लगाएर प्रवेश पोखरेललाई आफुखुसी अध्यक्ष घोषण गरेको आरोप लगाउनुभयो । त्यस्तै अविभावकहरुले पनि केहि आफ्ना पक्षका अभिभावक र केहि सोझा अविभावकलाई भूकम्पपीडितहरुलाई राहत आएको भन्ने आश्वासन दिएर नारावाजी गर्न लगाएर अध्यक्ष चयन गरेको दावि गरेका छन् । विद्यालय प्रशासनले भने शनिबार भएको अभिभावक भेलाले प्रवेश पोखरेल अध्यक्ष रहनेगरी चार सदस्यीय नयाँ कार्य समिति चयन गरेको जनाएको छ । यसअघिको व्यवस्थापन समितिको पदाधिकारीको तीन वर्षीय समयावधि सकिएको र विवादका कारण नयाँ समिति चयन हुन नसकेका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समिति विहिन सञ्चालनमा रहेको थियो । अध्यक्ष चयनका लागि यसअघि दुई पटकको अभिभावकको भेला पनि असफल भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१