धर्मशास्त्रमा यि खानेकुरा नखानु भनिएको छ…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ असार २०७२, सोमबार १२:१९

आधुनिकता र विकासले सम्पन्न पश्चिमा राष्ट्रका नागरिक पूर्वीय दर्शन र सभ्यतातर्फ आकर्षित बन्दै गइरहेका छन् । नेपालका हिन्दुधर्मालम्बीहरू आफ्नो धर्म परिवर्तन गरेर इसाई बनिरहेको समयमा पूर्वीय दर्शनको अनुसशरण गर्नेको संख्या पनि दिन प्रतिदिन बढदै छ ।
भारतका संस्कृत विद्या पिठमा पश्चिमा राष्ट्रका विद्यार्थी पढ्ने मात्र होइन, नेपालका तीर्थस्थलमा श्रीकृष्ण भगवानको प्राथना गर्ने र हातमा ‘गीता’ बोकेर हिडने विदेशी पनि बाक्लिन थालेका छन् । अहिलेको विज्ञानको विकास पूर्वीय दर्शनमा आधारित रहेको पाउन सकिन्छ । नेपालीले विर्षदै गएपनि पूर्वजहरूले सिकाएका परम्परा कति वैज्ञानिक थिए भन्ने अहिले आएर पुष्टि हुँदै गरेको छ ।
आधुनिक चिकित्सा विज्ञानको प्रादुभाव हुनुभन्दा अगाडि नै हिन्दु धर्म शास्त्रले केही खानेकुरा खान बर्जित गरेको छ । हिन्दु धर्मालम्बीको प्रसिद्ध धर्मग्रन्थ गीता को १७ औ अध्यायमा लेखिएको छः

‘आयुः सत्तवबलारोग्य सुखप्रीतिविवर्धनाः ।
रस्याः स्निग्धाः स्थिराहृद्याआहाराः सनत्विकप्रियः ।।८।।’

khanaअर्थात् आयु, बुद्धि, बल, आरोग्य, सुख र प्रीति बढाउने, रसिला, चिल्ला, अडिला र खाँदा लाग्ने आहार सात्विक मनुष्यलाई मीठो लाग्ने हुन्छन् । आधुनिक चिकित्सा विज्ञानले जंक फूड खान नहुने बताउँछ ।
गीतामाहात्म्य मै लेखिएको छ, ‘पिरो, अमिलो, चर्को नून भएको, साह्रै तातो, रुखौ, जलन गराउने, दुःख शोक र रोग लउपव्ध गराउने खालका खाने कुरा तामसी प्रकृतिका मानिसलाई मिठो लाग्ने हुन्छन् ।’ आधुनिक चिकित्सा शास्त्रले पनि पिरो, चर्को र बढी तातो खाना खान नहुने बताउँछ । जुन कुरा शदियौ पहिले लेखिएको गीतामा उल्लेख छ ।
‘जुन भोजन आधा काँचो, रस नभएको दुर्गन्धयुक्त, बासी, जुठो र अपवित्र भएका हुन्छन्, त्यस्ता भोजन तामसी प्रकृत्तिका मानिसलाई मिठो लाग्ने हुन्छन् ।’ गीतामाहात्म्यमा जनाइएअनुसार सात्विक मानिस देवताहरूको पूजा गर्दछन् भने तामसी मानिस भूत, प्रेत र पिशाचादिको पूजा गर्छन् ।
भनिन्छ, आधुनिक चिकित्सा विज्ञानको आधार पनि पूर्वीय दर्शन हो । जस्तो कि, भगवान इन्द्रले प्रयोग गरेको बज्रकै सहायतामा आधुनिक आणविक बम बनाइएको विश्वास गरिन्छ । आधुनिक चिकित्सा विज्ञानले स्वस्थ्य रहनका लागि खाना खानुभन्दा पहिले राम्ररी हात धुनु भन्छ, जबकि शास्त्रमा खाना खानु भन्दा पहिले हात गोडा धुनु अनिवार्य मानिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१