महाभूकम्प विशेष : खानेपानीमा ध्यान दिनुस् :- चिकित्सक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७२, मंगलवार ११:५६

काठमाडौं, १५ वैशाख । मौसम बदलीसँगै फोहोर र सरुवा रोगको पनि जोखिम बढ्दै गएकाले पिउन लायक पानी मात्र वितरण गर्न डाक्टरले आग्रह गरेका छन् । भूकम्पले गर्दा विस्थापित बनेकाले पानी नपाएको अवस्थामा जस्तोसुकै पानी पिउने र राहत दिनेले पनि हतारमा ख्याल नगर्ने हुँदा सरुवा रोगको जोखिम बढ्दै गएको टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।

drinking-water1यतिबेला झाडापखाला, हैजा, टाइफाइड जस्ता पानीका कारण सर्ने रोगको माहामारी फैलने भएकाले दातृ संस्थाले पानी वितरण गर्दा ध्यान दिन डाक्टरको सल्लाह छ । विस्थापित भएकाहरु यतिबेला समूहमा बस्ने भएकाले श्वासप्रश्वास सम्बन्धी रोगको खतरा हुने उहाँले बताउनुभयो ।
डाक्टर पुनका अनुसार रुघाखोकी लागेका व्यक्ति सरभर अरुको छेउमै बस्नु हुन्न । बस्नै परे माक्स लगाएर बस्नु पर्छ । विस्थापित बसेका ठाउँमा फोहोर थुप्रिदै गएकाले पनि सरुवा रोगको खतरा छ । यतिबेला लामखुट्टे पनि सक्रिय हुन थालेकाले मलेरिया, डेंगु जस्ता समस्या पनि निम्तिन सक्ने भन्द्यै डाक्टरहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१