जाजरकोटको महामारी कालिकोटमा पनि सर्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७२, बुधबार ०८:५९

काठमाडौं ९ वैशाख ।  छिमेकी जिल्ला जाजरकोटमा फैलिएको स्वाइनफ्लुको महामारी कालिकोटमा पनि भित्रिएको छ । डेढ सयभन्दा धेरै स्थानीयबासिन्दा थला परेका छन् ।

Kalikot_district_location

स्वाइनफ्लुको लक्षणजस्तै भाइरल ज्वरो, रुघाखोकी, रिँगटा लाग्ने, टाउको दुख्ने समस्या विकट राम्नाकोट गाविसका वडा नं. ७,८ र ९ तथा मेहेलमुडी गाविसका बासिन्दा बिरामी परेका छन् । राम्नाकोट खार्दुका कृष्ण कठायतकी तीन वर्षीया छोरी रिनाको मृत्यु भएको छ ।

जिल्ला अस्पतालले ती क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाइएको जनाएको छ । टोलीले सोमबार मात्रै सयभन्दा बढीको उपचार गरेको जिल्ला अस्पतालका डाक्टर शंकर लोहलाले बताए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१