सेक्स र भोजन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७२, मंगलवार ११:०९

सन्तुलित र स्वस्थ भोजनले मानिसलाई विभिन्न रोगबाट बचाउने र शरिर फिट राख्ने मात्र होइन कि मानिसको सेक्स लाइफलाई समेत स्वस्थ राख्छ । आफ्नो यौन क्षमता बढाउनका लागि विभिन्न प्रकारका खाना लिन सकिन्छ । यौन चाहना बढाउन समुद्री भोजन पनि उपयुक्त हुन्छ ।
sex– खानपानमा सामान्य परिवर्तन गरेर यौन जीवनलाई अझ उत्कृष्ट बनाउन सकिन्छ । समुद्री भोजनबाट कैयौं यौन समस्याको उपचार पनि सम्भव छ ।
– उपयुक्त खानपान भन्नाले पौष्टिक आहारमात्र खानुपर्छ भन्ने होइन, प्रोटिन, भिटामिन, क्याल्सियम र क्यालोरी पाउने खाना भन्ने पनि बुझिन्छ ।
–  तोरीले शरीर र मनलाई स्वास्थ राख्नेमात्र होइन, सेक्स्युअल ग्ल्याण्डलाई पनि फाइदा पु¥याउँछ, यतिमात्र नभई तोरीको परिकार खानाले सेक्सको भावनालाई बढाउँछ ।
– अदुवा सेक्स उत्प्रेरक मानिन्छ । गाँजर खानाले मानिसको स्नायूतन्त्र मजबूत हुनुका साथै यसमा रहेको भिटामिनले सेक्स लाइफलाई राम्रो बनाउँछ ।
– महमा एमिनो एसिड तथा कार्बोहाइड्रेटजस्ता अत्यन्त लाभदायी पदार्थ हुन्छन्, जसले मानिसको सेक्स लाइफलाई सुखमय बनाउँछ र दम्पत्तिबीचको यौनक्रियाका दौरान कमजोरी महसुस हुन दिदैंन ।
– यस्तै, स्वस्थ भोजनले मानिसलाई स्वस्थ राखी यौन जीवनलाई सुखमय बनाउन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१