कति पिउने पानी ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ बैशाख २०७२, सोमबार ११:२१

पानी जीवन हो । मंगलग्रहमा समेत पानीको खोजी यसकारण भइरहेको छ कि त्यहाँसमेत मानव जीवनको संभावना होस् । पानीले कार्बाेहाइड्रेड, प्रोटिन जस्तै एउटा पोषणको काम गर्छ । पानी हाम्रो शरीरका सबै अंगका लागि जरुरी छ । यसको प्रयोग शरीरले उत्पादन गर्ने विकार व्यवस्थापनका लागि पनि हुन्छ ।

धेरै पानी पिउनु हानिकारक ?
धेरै पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने आम मान्यता छ । स्वास्थ्यलाई आवश्यक पानी समेत नपिउनेहरुका लागि धेरै पानी पिउन प्रेरित गर्न डाक्टरले यस्तो सुझाउछन् । तर, चाहिने भन्दा धेरै पानी पिउनु स्वास्थ्यका हानीकारक हुन सक्छ । पानी आवश्यक्ता भन्दा बढी पिउदा यसले किड्नीलाई बढी दबाब दिन्छ । त्यसैले ठिक्क पिउनुपर्छ ।

waterकति पिउने त ?
पानीको आवश्यक्ता ब्यक्तिको कामअनुसार फरक पर्छ ।  स्वस्थ ब्यक्तिले दिनमा १२ देखि १५ गिलास पानी पिउनु पर्याप्त ठहरिन्छ ।

गर्भवती अवस्थामा कति पानी ?
पानी गर्भवती अवस्थामा असाध्यै जरुरी न्युट्रिशन हो । गर्भावस्थामा यसको फरक तरिकाको प्रभाव पर्छ । यसले कब्जियत, ग्याँष्ट्रिक र रक्तश्राव रोक्न समेत मद्दत गर्छ । गर्भवती महिलालाई गर्भ रहेको तीन महिनादेखि पहिले भन्दा दोब्बर रगत चाहिनछ । किनकी किड्नीको काम यस्तो अवस्थामा बढ्दो हुन्छ । गर्भवती महिलाले जुस जस्ता पेय पदार्थ खानुपर्छ । यसका साथै कम्तिमा १३ गिलास पानी खान डाक्टरको सल्लाह हुन्छ । त्यसैगरी बच्चा जन्मेपछि दुध चुसाउनु पहिले १ गिलास पानी पिउँदा राम्रो मानिन्छ ।

खाना खानुअघि कि पछि !
हाम्रो शरीरमा इन्जाइमबाट पानीको काम पूरा हुँदैन । किनकि यो पाचन प्रणालीमा मिक्स हुन पाउँदैन । पानीले शरीरमा जाने पोष्टिक आहारलाई टुक्र्याउने काम गर्छ । त्यसैले खाना खानुभन्दा केही समय पहिले पानी पिउने सल्लाह दिइन्छ ।
–एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१