महामारी फैलिँदै,स्वास्थ्यकर्मी फर्किंदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ बैशाख २०७२, आईतवार ०९:३७

जाजरकोट,वैशाख ६ – जाजरकोटको महामारी प्रभावित क्षेत्रमा सरकारले पर्याप्त स्वास्थ्यकर्मी परिचालन र औषधि व्यवस्था गर्न नसक्दा महामारी फैलने क्रम बढेको छ । प्रभावित क्षेत्रमा पुगेका स्वास्थ्यकर्मीले पनि औषधि सकियो भन्दै फर्केको स्थानीयले बताएका छन् ।

रुघाखोकीबाट तीन सातादेखि फैलिएको महामारीबाट शनिबार थप चारजनाको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको छ । तर,दैनिक बिरामी र मृत्यु हुनेको संख्या बढे पनि प्रभावित क्षेत्रमा बस्दा स्वाइफ्लु लाग्ने डरले स्वास्थ्यकर्मी भाग्ने गरेको स्थानीयको आरोप छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१