अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गंभीर बन्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७१, शुक्रबार ०८:५०

10995394_937523212938788_5635250602712987525_nकाठमाडौँ ,१३ चैत्र ।  अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । यसअघिको अनशनका बेलामा भन्दा यो पटक उहाँको स्वास्थ्यमा छिटो असर देखिएको डाक्टर वाई पी सिंहले जानकारी दिनुभयो । उमेर बढ्दै जानु र शरीरमा पौष्टिक आहारको कमी हुनुले डाक्टर केसी गल्दै जानु भएको डाक्टर सिंहले बताउनुभयो । उहाँका अनुसार डाक्टर केसी अनशनमा बसेको दोस्रो दिनमा नै एसिटोन पोजेटिभ देखिएको थियो । शरीरमा गुल्कोजको मात्रा कम भएपछि देखिने यस्तो समस्याले मिर्गौलामा खराबी आउनुका साथै अरु अंगमा पनि असर गर्ने डाक्टर सिंहले बताउनुभयो । यस्तै डाक्टर केसी अनशसनमा बसेको पाँचौ दिन हुँदा पनि सरकारी स्तरबाट कुनै सम्बोधन नभएपछि आवासिय चिकित्सकले देशव्यापी रुपमा दबाब दिने तयारी थालेका छन् । आज पनि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका विद्यार्थीले धर्ना दिने बताएका छन् । सरकारले यसअघिका सम्झौता विपरित चिकित्सा शिक्षा नीति नल्याई नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन खोजेको भन्दै डाक्टर केसी ५ औँ पटक गएको आइतबारदेखि अनशनमा बस्नु भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१