किन बाँध्ने दाँतमा तार ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७१, बुधबार १२:५६

सामान्य बोलीचालीमा अर्थोडोन्टिक उपचार भन्नाले दाँतमा तार बाँध्ने वा ब्र्रेसेज लगाउने बुझिन्छ । यो उपचार धेरैजसो किशोरावस्थामै गरिएको हुन्छ । अर्थोडोन्टिक्स दन्त चिकित्साशास्त्रको एउटा यस्तो विशेष विभाग हो, जसमा बाङ्गोटिङ्गो र नमिलेको  दाँतको उपचार गर्नुको साथै अनुहारको हड्डीको समस्याको रोकथाम र उपचार गरिन्छ । यसमा दाँत सीधा गर्ने मात्र नभई बच्चाको हड्डी र वयस्कमा जवडाको समस्या (जव डेफोमिर्टी)को समाधान अर्थोग्नाथिक सर्जरीद्वारा गरिन्छ ।

यो उपचार कति प्रकारका हुन्छन् ?
दाँत निकाल्ने, राख्ने या फिक्स्ड दुवै हुन सक्छन् । फिक्स्डमा प्रायःजसो मेटलको वा दाँतको रङ कम देखिने सेरामिक अनि अरु किसिम भनेको दाँतको पछाडिबाट नदेखिने गरी गर्ने लिङ्गुअल ब्रससेज आदि हुन्छन् ।

फिक्स्ड अर्थोडोन्टिक उपचार किन गर्ने ?

दाँत बाङ्गोटिङ्गो र नमिलेको देखिनु वा अनुहारको हड्डीको समस्याको कारण यस्तो हुन सक्छ ।
१.    बाङ्गोटिङ्गो दाँतले गर्दा सफा गर्न गाह्रो भई किरा लाग्ने अनि गिजा र दाँतको वरिपरिको हड्डीको रोग लागी दाँत चाँडै झर्नु ।
२.    अनुहार सुन्दर नदेखिनु ।
३.    दाँत उछिट्टिएमा चोट लाग्ने सम्भावना बढी हुनु ।
४.    अनुहार नराम्रो देखिएको कारण मानसिक तनाव हुनु र खुलेर कुरा नगर्नु ।
५.    खाना चबाउन, बोल्न र श्वास फेर्न गा¥हो हुनु आदि ।
६.    दाँतको टोकाइ नमिलेर अनुहारको जोर्नीको (टीएमजे ज्वाइन्ट) समस्या देखिनु ।
तसर्थ यी कुराबाट बच्न अर्थोडोन्टिक उपचार गर्नुपर्छ ।

teeth
कहिले गर्ने ?

साधारणतया यो उपचारको उपयुक्त समय किशोरावस्थाको सुरुको उमेर अर्थात् १३–१४ वर्ष हो। यस बेलामा बच्चाको दाँत साटी सक्नु, केही मात्रामा अनुहारको हड्डीको बढ्ने प्रक्रिया बाँकी रहनु र ब्रेसेज लगाई समाजमा सजिलैसँग एड्जस्ट गर्ने क्षमता भएका कारण उपयुक्त मानिन्छ तर जुन बच्चामा अनुहारको हड्डी वा जवडाको समस्या देखिएको छ भने यो उपचार ८–१२ वर्षमै सुरु गर्नुपर्छ ।
यो उपचार वयस्क उमेरमा गर्नै मिल्दैन भन्ने चाहिँ होइन । दाँतलाई समातेर राख्ने वरिपरिको हड्डी स्वस्थ छ भने यो उपचार गर्न मिल्छ तर पहिलेको तुलनामा अलिक बढी समय लाग्छ ।
समस्या कसरी थाहा पाउने ?
बाङ्गोटिङ्गो नमिलेको दाँत, दाँतको बीचमा खाली ठाउँ, दाँत धेरै अगाडि आएको, कुनै दाँत नआएको (इेम्प्यक्टेड) वा अनुहार नमिलेको जस्तो लागेको अवस्थामा दन्तचिकित्सक वा अर्थोडोन्टिक विशेषज्ञसँग परीक्षण गराई थाहा पाउन सकिन्छ ।
अर्थोडोन्टिक विशेषज्ञले केही रेकर्ड जस्तै : विशेष एक्स–रे, दाँतको नाप तथा तस्बिर लिई त्यसको आधारमा बिरामीको समस्या समाधान हुनेगरी उपचार सुरु गर्छन् ।
कोसँग उपचार गराउने ?
फिक्स्ड अर्थोडोन्टिक उपचार यसैको विशेषज्ञसँग गराउनुपर्छ, जसले दन्तचिकित्सकको पढाइ पूरा गरेर यही विषयमा स्नातकोत्तर गरी दक्षता हसिल गरेर नेपाल मेडिकल काउन्सिलमा दर्ता गराएको हुन्छ ।
फाइदा के के छन् ?
अर्थोडोन्टिक उपचारले बाङ्गोटिङ्गो नमिलेको  दाँत र अनुहारको हड्डीका समस्या समाधान गरी अनुहारलाई सुन्दर मात्र होइन, दाँत र गिजालाई स्वस्थ राखी दाँतको आयु बढाउँछ ।

डा. सञ्जय गुप्ता, अर्थोडोन्टिक विशेषज्ञ, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१