के तपाईको कपाल झर्ने समस्या छ ? अब यस्तो गर्नुहोस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ चैत्र २०७१, बिहीबार १२:१५

आजभोली बजारतिर यसो घुम्नु पर्छ विभिन्न रंगका कपाल देख्न पाइन्छ , कालो कपाल, रातो कपाल, मुइरे कपाल, रंगीचंगी कपाल, सप्तरंगी कपाल आदी इत्यादी । तर कपाल झरेर दिक्क भएका मान्छेहरु भने आफ्नो टाउकातिर कसैले हेर्लाकाी भनेर निहुरिएर हिड्नु परेको छ । यसैले शिर ठाडो पारेर हिड्न र आफ्नो कपाल तन्दुरुस्त राख्न तलको तरिका अपनाउन हामी किन पछि पर्ने होइन त ।

१ तातो तेलले मालिस गर्ने :– तोरी, सरस्युँ अथवा नरिवलको तेललाई हल्का ताउनुहोस् । ठिक्क तातेको तेललाई कपालको जरा जरा सम्म पुग्ने गरि मज्जाले मालिस गर्नहोस् । कम्तीमा एक घण्टा त्यतिकै राख्नुहोस र त्यसपछि रिठ्ठाले कपाल धुनुहोस् । कपालमा बेलुका तेल मालिस गरेर रातभर त्यसै राखि भोलिपल्ट विहान मात्र नुहाउनु अझ राम्रो हुन्छ ।

h२ लहसुन वा अदुवाको रसले मालिस गर्ने :- बेलुका सुत्ने बेलामा लहसुन प्याज वा अदुवाको तेल कपालको जरा जरा सम्म पुग्ने गरि माज्जाले मालिस गर्नुहोस र रातभर त्यसैराखि भोलिपल्ट बिहान मात्र नुहाउनुहोस ।

३ हरियो चिया पत्ति को रस प्रयोग गर्ने :- हरियो चिया पत्तिलाई पानीमा रखेर पकाउनु होस । मनतातो भएपछि कपालमा लगाउनुह होस् र एक घण्टासम्म राख्नुहोस् । त्यसपछि पानीले पखाल्नुहोस । हरियो चिया पत्तिमा एन्टि अक्सिडेन्ट भन्ने तत्व भएकाले त्यस तत्वले कपाल झर्न रोक्छ र कपाल बढ्न सहयोग गर्छ ।

४ कपाल मालिस गर्ने :- कपालको जरामा दैनिक रुपमा केहि समय मालिस गर्नाले रक्त संचार राम्रो हुन्छ । रक्त संचार राम्रो भएमा कपाल झर्न रोकिन्छ । कपाल मालिस गर्दा खालि हात अथवा तेल लगाएर गर्न सकिन्छ ।

५ योगागर्ने :- कपाल झर्नुको एउटा कारण तनावमा हुनु पनि हो । जव मान्छे तनावमा हुन्छ तब उको कपाल झर्ने समस्या बढ्छ । नियमीत रुपमा योगा गर्नाले तनावलाई कम गर्छ । शरिरको हार्मोनलाई सन्तुलित राख्छ र कपाल झर्न कम हुन्छ । नुहाउँदा सावुन वा स्याम्पु प्रयोग गर्नुभन्दा रिठ्ठाले नुहाउनु अत्यान्त राम्रो हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१