अष्ट्रेलिया पुगेर दिपक-दीपाले के गरे ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७१, बुधबार ०६:५३

 अष्ट्रेलिया पुगे लगतै हाँस्य कलाकारहरु दिपकराज गिरी र दीपाश्री निरौलाले ‘टाइटानिक’ पोजमा तस्बिर खिचाए । यसअघि मलेसिया पुग्दा पनि यो जोडीले बालुवामा हट फोटो खिचाएर लाइमलाइट बटुल्ने कोशिश गरेको थियो । उनीहरुले ‘टाइटानिक’ पोजमा तस्बिर त खिचाए नै, नयाँ चलचित्र पनि विक्री गरेका छन् ।

चलचित्र ‘वडा नम्बर ६’ निर्माण गरेका दिपक र दीपाले यो चलचित्रको अष्ट्रेलिया अधिकार विक्री गरेका हुन् । निर्मात्री तथा कलाकार दीपाले अनलाइनखबरलाई यो कुराको जानकारी गराएकी हुन् । चलचित्रको कुनै पनि सामाग्री बाहिर नआउँदै अष्ट्रेलियामा चलचित्रको अधिकार विक्री हुनु सुखद कुरा हो ।

एनआरएन इभेन्ट्स नामक संस्थाले यो चलचित्रको अधिकार किनेको हो । चलचित्रका तर्फबाट निर्माताद्धय दिपकराज गिरी र दीपाश्री निरौलाले हस्ताक्षर गरे । एनआरएन इभेन्ट्सका तर्फबाट अध्यक्ष खिलेन्द्र तिमिल्सिनाले हस्ताक्षर गरे ।

नेपालको राजनीतिक घटनालाई कमेडी जनरामा प्रस्तुत गरिएको यो चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा सिताराम कट्टेल, केदार घिमिरे, दयाहाङ राई, प्रियंका कार्की, दिपकराज गिरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो पटक नेपालसँगै विश्वका विभिन्न देशमा एकसाथ चलचित्र चलाउने तयारी गरिएको निर्मात्री दीपाश्री निरौलाले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१