पर्दामा देखियो प्रियंका र निताको लडाई (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ चैत्र २०७१, सोमबार १०:५१

हङकङमा बसोबास गर्ने धराने गायक ज्ञान सुब्बाले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । दिनेश सुब्बाको शब्द र संगीत रहेको ‘मान या नमान’ बोलको भिडियोलाई युवा निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन । सार्वजनिक भिडियोमा सुरजसिंह ठकुरी, प्रियंका कार्की, निता ढुंगाना, मिश्री थापा, कल्पना लगायतका कलाकारहरुको अभिनय रहेको देख्न सकिन्छ । भिडियोमा चर्चित फेशन डिजाईनर उत्तम बनेपालीको डिजाईन, चर्चित डान्स डाइरेक्टर गोबिन्द राईको डान्स स्टेप तथा मेकअप आर्टिष्ट ओकाषाको मेकअप रहेको छ । हाल सार्वजनिक भइरहने म्युजिक भिडियो भन्दा मान या नमान नामक बोलको भिडियोलाई भने निर्देशक चन्दले केहि फरक बनाउन खोजेका छन् ।

neetaभिडियोमा निता ढुंगानाले एउटा कोठीमा बेचिएकी महिलाको भुमिका निभाएकी छिन् भने प्रिय्रंका कार्की सुरजसिंह ठकुरीको श्रीमतीको भुमिकामा रहेकी छिन् । नितालाई भेट्न दिनहुँ कोठीमा पुग्ने सुरजसिंहले विस्तारैं नितालाई मन पराउन थाल्छन् तर आफ्नो श्रीमती पहिला देखी नै भएका कारण सुरजसिंहले अन्तिममा नितालाई चेलिबेटी उदार केन्द्रमा पुराएर सहयोग गरेको भिडियोमा देख्न सकिन्छ । हङकङमा रहेपनि संगीतलाई माया गर्ने धरानका पुराना गायक ज्ञान सुब्बा थोरै तर राम्रा गीत मात्र गाउने चुजी गायकको रुपमा परिचित छन्। त्यहि भएर नै उनी डेढ दशकको अन्तरालमा दोश्रो अल्बमको तयारीमा जुटेका छन्। अहिले आएर सुन्नेसंगै हेर्ने संगीतको परिपाटी आइसकेकोले आफ्ना सबै गीतहरु एक–एक गर्दै भिजुलाईज गरेर बजारमा ल्याउने तयारिमा छन्। आफ्ना गीतसंगै भिडियो पनि उत्कृष्ट होस् भन्ने चाहना राख्ने गायक सुब्बाका तीन भिडियो चर्चित भिडियो निर्देशक स्व।आलोक नेम्बांगले गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१