कञ्चनपुरमा दर्शकलाई पुलिसको लट्ठी,राजेशले भने -‘दर्शन नमस्ते’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७१, आईतवार ११:२६

यूवा पुस्ताको ढुकढुकी अर्थात नेपालमा ‘राई इज किंग’ले परिचित चर्चित गायक राजेश पायल राईले जस्तो प्राय कसैले पनि सक्दैंनन् होला दर्शकलाई झुमाउन र दर्शकले सोचेजसरी स्टेज तताउन । उनी त्यतिकै दर्शकका ढुकढुकी बनेका होइनन् । शनिबार पनि राजेश पायल राईले कञ्चनपुरको कृष्णपुर वनीमा भएको सांगीतिक कार्यक्रममा सायद पहिलो पटक ३५ वटा गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिए तर दर्शकले भने उनको कार्यक्रम हेर्न निकै सास्ती पनि खेप्नु पर्यो । त्यतिमात्र कहाँ होर राजेशका गीतमा झुम्न टाढा टाढाबाट आएका उनका फ्यानहरुले प्रहरीको लाठी समेत खानु पर्यो किनकी उक्त कार्यक्रममा दर्शकको भिड प्रहरीले समेत थेगी सक्नुको थिएन ।

Rajesh-Payel-5 ‘दादा रे दादा’ र ‘बनल बापके बिगडल छौडी’ गाईरहदा सुदुरपश्चिमका दर्शकले ‘वान्स मोर’ भन्दें राजेश पायल राईलाई साथ दिएका थिए भने केहि तन्देरी यूवतीहरु आई लब यू भन्दैं राजेशको गीतमा सहयात्री बनेका थिए । स्थानीय सरस्वती माविको सहयोगार्थ आयोजित सांगीतिक कार्यक्रममा राईले आफ्नो नयाँ तथा पुराना चर्चित गीतहरु गाएर दर्शकलाई आफूसँगै नचाए । उनले ‘म त मर्छु की क्या हो ठुली’ ८ पटकसम्म गाए । दर्शकको मागमा उनले एउटै गीत पटक पटक गाएका हुन् । सरस्वती माविलाई उच्च मावि बनाउँनका लागि आर्थिक सहयोग जुटाउँन कार्यक्रम गरिएको थियो । यस्तै उनले ‘दर्शन नमस्ते’, ‘सागर सरी चोखो माया’ ‘बैगुनी रैछौ मायालु’ लगायतका गीतहरु गाए । कार्यक्रममा ठुलो संख्यामा दर्शक स्रोता थिए । कृष्णपुरमा पहिलो पटक यतिठुलो सागीतिक कार्यक्रम भएको स्थानीय कार्यक्रम संयोजक सागर नेगीले बताए । उनले भने, ‘यतिधेरै भव्य कार्यक्रम यहाँ कहिल्यै भएको थिएन ।’ भीड हटाउँन प्रहरीलाई हम्मे–हम्मे परेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१