स्टेजमा दर्शकसँग झुम्न पाउँदा खुसी लाग्छ : सरिता प्रजापति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ फाल्गुन २०७१, शुक्रबार १२:३२

पछिल्लो समय यूवापुस्तामाझ सफल गायिकाको रुपमा आफुलाई स्थापित गराउदैं आएकी गायिका सरिता प्रजापति हाल नयाँ भजन एल्बम ल्याउने तयारी गरिरहेकी छिन् । पेशाले नर्स भएपनि गायनक्षेत्रमा पनि उतिक्कै सक्रिय गायिका सरिता प्रजापतिसँग हाम्रा सहकर्मी मोनिका रसाईलीले गर्नु भएको कुराकानी :-

१.सरिता प्रजापति हाल के मा व्यस्त ?
म अहिले त्यहि हो मेरो भजनको एल्बम रिलिज हुदैंछ र त्यहि काम सकाउन हाल व्यस्त छु । अनि त्यसपछि अरु मेरो कलेक्सन एल्बम बनाउदैं छु र साथ साथैं स्टेज कार्यक्रमहरुमा पनि व्यस्त छु ।

sareta pra२.तपाई पेशाले नर्स अनि गायन क्षेत्र चै नी ?
म पेशाले नर्स हुँ र मेरो अर्को पेशा गायन नै भन्नु पर्छ । गायन क्षेत्रपनि मेरो पेशा नै हो ।

३.दुवै पेशा अंगाल्दाका कठिनाईहरु के छन् ?
दुवै पेशा साथ साथ अंगाल्दा कठिनाईहरु त अबश्य नै हुन्छन् । तर मलाई दुवै पेशालाई साथ साथ लैजाननै खुबै रमाइलो लागिरहेको छ । किनकी साथीभाई घर परिवार सबैको साथ पाएर नै हो त्यति सोचेको जस्तो कठिनाईहरु मैले भोगेको छैन । जे होस दुवै पेशा अंगाल्दा रमाइलोनै लागीरहेको छ ।

४.गायन क्षेत्रमा लागेर आफ्नो दैनिक जिवन यापन गर्न चै कतिको गाह्रो छ ?
म पेशाले नर्स भएका कारण जिवन यापनका लागी त्यस्तो कठिनाई चै भोग्नु परेको छैन । र गायन क्षेत्रबाट पनि मलाई जिवन यापन गर्न गाह्रो भएको जस्तो लाग्दैंन ।

sareeta 3५.पछिल्लो समय स्टेज कार्यक्रममा पनि देखिनु भएको छ,कतिको मन पराएका छन् दर्शकहरुले तपाईको प्रस्तुतीलाई ?
हाल म प्राय स्टेज कार्यक्रममा नै व्यस्त छु,सबैले मन पराउनु भएको छ त्यसैले त मलाई विभिन्न कार्यक्रमहरुमा बोलाइरहनु भएको छ । म पनि स्टेजमा दर्शकसँग झुम्न पाउँदा खुसी लाग्ने मान्छे त्यसैले पनि मलाई दर्शकहरुले स्टेज कार्यक्रममा मैले दिने प्रस्तुतीहरु मन पराइरहनु भएको छ । आफुलाई स्टेज कार्यक्रममा दर्शकहरुले मन पराउनु भएको देख्दा निकै नै खुसी लाग्छ र म आफुले आफुलाई धेरै भाग्यमानी पनि ठान्छु ।

६.जाली रुमाल नामक गीतपछि तपाईले गाउनुभएका गीतहरु खासैं चर्चा कमाएनन् नी हैन ?
जाली रुमाल आयो त्यसपछि मैले तिजका गीतहरु बजारमा ल्याए । अब तिजका गीतहरु बेला बखतमा मात्र चल्ने भएका कारण त्यस्तो लागेको हुनसक्छ । तर फेरी पछिल्लो समयमा तिजका गीतहरु कहाँ सोचे अनुरुपमा चलेका हुन्छन् र खै । तर केहि छैन मेहेनत गदैंछु,पछिल्लो दिनहरुमा जाली रुमाल भन्दा पनि राम्रो एल्बमहरु आउने सोचमा छु र अब जाली रुमाल भन्दा पनि राम्रो निकाल्नु त पर्यो नी । अब यि सब दर्शक,स्रोताहरुको हातमा छोड्ने छु र म हरपल हरक्षण मेहेनत गरिरहन्छु ।

७.अबको नयाँ सोच के छ तपाईको ?
अब नयाँ सोच भनेको यहि हो । अब बढि मेहेनत गर्नेछु । अब धेरैनै मेहेनत गनुपर्दो रहेछ भन्ने फिल भएको छ र अब अलि फरक गीत गाउने छु जसले फरक खाल्को परिचय दियोस् । मेरो एउटा भजन एल्बम रिलिज हुन लागेको छ र साथैं नयाँ डान्सिङ्ग गीत आउदैंछ जुन तपाई दर्शक,स्रोताहरुले एकदमै रुचाइदिनुहुने छ भन्ने भरोसामा छु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१