एकै साथ ६ वटा गितलाई संगीत भर्दै गायक तथा संगितकार राई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ फाल्गुन २०७१, बिहीबार १०:३०

प्रदिप राई

नेपाली संगीतक्षेत्रमा नव सङ्गीतकार साथै गायककार मणिपाल राई कुनै नौलो नाम होइन । राईका बारेमा थोरै धेरै जती भएपनी संगीत क्षेत्रको महल बनाउन इट्टा थप्ने काम गरेको पाईन्छ । भोजपुर जील्ला जरायोटार – ७ मा बि.स. २०४६ साल बैशाकमा जन्मीएका मनीपाल राई संगीतको दुनियामा निकै अगाडी अग्रसर रहेको पाइएको छ । लगभग १६ वर्षको कलिलै उमेरमा प्रवाशीएका राई बिगत १० बर्षदेखी मलेसियामा सङ्र्घषरत छन् ।

iiiiiiiiiiiiiiiiiपहिलो पटक पासा बिवश श्रेष्ठको शब्द स्वरुप राज आचर्याको स्वरमा रहेको ‘तिमीले मलाई छाडीगए पनि.. ..’ भन्ने शब्दमा पहिलो राईले संगीत गरेका राई आफ्नै शव्द र संगीत रहेका गीतहरु लगायत अन्जु पन्थ, राजेशपायल, प्रमोद खरेल रजीना रिमाल श्री राई, अमर राई, रमेश बानिया, तथा कला राई लगायत अन्य गायक गायिकाहरुको स्वरमा ३ दर्जन भन्दा बढी गीतहरुमा संगीत भरिसकेका राईले अहिले मलेसियादेखीनै ३ वटा एलबुमको गीतहरुमा संगीत भरिसकेका छन । हाल एकै साथ ६ वटा गीत “मन चोरी लाने” (अमर राई)”हर रात निन्द्रा छैन” (भिम तमाङ @ तोप्चे तमाङ) “कोपिला मै झर्ने फुल” (सोनु लिम्बु) “धेरै माया गर्छु” (प्रदिप राई) “डम डम डम गरेर” तमाङ सेलो (शुबास तामाङ)”तिम्रो फोन अर्कैको आवाज सुन्दा” (बिशाल सायर) का शब्दमा संगीत भरी रहनु भएको छ। संगीतकार सुमन राईको प्रेरणाबाट संगीतक्षेत्रमा अगाडी बढेका राई बताउछन् । सानै उमेरमा ठूलो उपलब्धी हातपार्न सफल राई सानैदेखी संगीत रुचि राख्ने गर्दथे ।
मलेसियामा रहुनजेल सम्म पनि यो यात्रा नछोड्ने संगीतको क्षेत्रलाई अगाडीनै बढाइरहने तथा अव नेपाल गएपछी संगीतलाईनै निरन्तरता दिने राई बताउछन् । संगीतलाई मायागरेर घरभित्र नै भित्राउने जोश र जागर बोकेर मलेसियामा सङ्र्घषरत गरिरहेका राईको लक्ष्य र उद्देश्य सफल रहोस् सफलताको कामना ब्याक्त गर्दछौ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१