चौथो बृहत सांगीतिक कार्यक्रम “फ्रेण्डसिप धमाका २०१५” मलेसियामा हुंदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ पुष २०७१, बिहीबार १०:११

प्रदिप राई

midiyapatnar

क्वालालम्पुर मलेसिया । हामी नेपाली,हाम्रो नेपाल भन्ने मुल नाराकासाथ मलेसियामा फ्रेण्डसिप धमाका २०१५ हुने भएको छ । अँग्रेजी तथा चिनियाँ चाईनिज नयाँवर्षको अवसरमा बृहत साँगितिक कार्यक्रम फ्रेण्डसिप धमाका हुन लागको हो ।
पुराना श्रष्टालाई सम्मान र नयाँ पुस्तालार्ई प्रोत्साहन दिने उद्देश्यका साथ हुने उक्त साँगितिक कार्यक्रममा नेपालका विभिन्न बिधाका ख्याती प्राप्त कलाकारहरु मलेसिया आउने भएका छन ।
फ्रेबुअरी १९ बाट २२९फाल्गुन ७—१०० सम्म हुने बिशाल साँगितिक कार्यक्रममा
गायक प्रमोद खरेल,सागर सँसार राई, लोक गायिका जानकी मगर,भोजपुरी तथा नेपाली गायिका सलिना कुवर,मोडल तथा नृत्याङ्गना पार्बती राई नायक खड्ग पुलामी बिक्कीू र भद्रगोल टेलिश्रृङखलाका हाँस्यद्धय कलाकार कुमार कट्टेल जिग्री,अर्जुन घिमिरे पाडे लगायतका कलाकार मलेसिया आउने कार्यक्रम सँयोजक कृष्ण पुलामीले जानकारी दिनुभयो ।
राजधानी क्वालालम्पुर बाहेक नेपालीहरुको बाहुल्यता रहेको मुख्य,मुख्य शहरमा कार्यक्रम सञ्चालन गरिने आयोजक तथा धमाका सँयोजक पुलामीले बताउनु भयो । सँयोजक पुलामीका अनुसार फ्रेबुअरीे १९मा जोहरबारु र फ्रेबुअरी २० मा पेनाङ्गमा हुनेछ ।
यस्तै फ्रेबुअरी २१ मा मुहार र फ्रेबुअरी २२ बातुपाहातमा उक्त साँगितिक कार्यक्रम हुने आयेजकले बताएको छ । चौथोपटक भब्यरुपमा मलेसियामा हुने कार्यक्रमका लागी प्रवासी शन्देस साप्ताहिक पत्रिका र साझा सवाल अनलाईन खबर मिडिया पार्टनर रहेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१