‘जिबी राईलाई गृहमन्त्री लामिछानेले मारिसके’ भनेर आरोप लगाउने खनाल पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०८१, बिहीबार ०५:४४

काठमाडौं । सामाजिक अभियन्ता भनेर चिनिएका डिल्लीराम खनाल पक्राउ परेका छन् । एक मिडियामा खनालले वर्तमान गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा फरार रहेका जिबी राईको हत्या गरेको भनेर गम्भीर आरोप लगाएका थिए ।

उनको उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भैरहेको थियो । प्रहरीले भने खनालले अफवाह फैलाएको भन्दै उनलाई पक्राउ गरेको छ । खनालले आफ्नै नामको युट्युब च्यानलमा समेत जिबी राईलाई गृहमन्त्री लामिछाने र आइजिपी वसन्तराज कुँवरले मारिसकेको भनेर बोलेको भिडिओ राखेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१