प्रथम बुढानीलकण्ठ नगर शिल्ड खेलकुद महोत्सव सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०८१, बिहीबार ०६:०९

काठमाडौं । “स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ मूल नारा सहित अघि बहिरहेको बुढानीलकण्ठ नगरपालिका र बुढानीलकण्ठ खेलकुद विकास बोर्डद्वारा “स्वच्छ खेलकुद हाम्रो संकल्प, स्वास्थ रहने राम्रो विकल्प नारा सहित प्रथम बुढानीलकण्ठ नगर शिल्ड खेलकुद महोत्सव २०८१ औपचारिक रुपमा वैशाख १९ देखि सुरु भएको छ ।

महोत्सव  बुढानीलकण्ठ स्कुलमा औपचारीक कार्यक्रम मार्फत महोत्सव ब्राण्ड एम्बेसडर एथलेटिक्स अन्तरगतको अन्तराष्ट्रिय स्वर्ण पदक विजेता वडा नं ०६ निवासी सन्तोषी श्रेष्ठद्वारा ओलम्पीक टर्च बाली उद्घाटन गरिएको थियो ।

उद्घाटन समारोहमा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा र सबै वडाका प्रतिनिधि मुलक ब्यानर सहित परेड (March Past) गरिएको थियो । परेडमा खेलाडी समुह र विभिन्न किसिममा साँस्कृतिक झाँकीहरु समेत समेटिएको थियो । उद्घाटन समारोहमा सम्पुर्ण जनप्रतिनिधि, नगरपालिका सबै कर्मचारी र विभिन्न विधाका खेलाडीहरुको उपस्थिति रहेको थियो ।

महोत्सवको पहिलो दिन बिहान ०६ बजेबाट नगरपालिका प्राङ्गण देखी गोल्फुटार, कपन हुँदै बुढानीलकण्ठ स्कुलको खेल मैदान सम्म १० किलोमिटर लामो म्याराथन दौड भएको थियो भने उद्घाटन पश्चात तेकवान्दो र मोई थाई खेलहरु बुढानीलकण्ठ स्कुल प्राङ्गणमा संचालन भएका थियो  ।

१० कि.मि. म्याराथन पुरुष तर्फ वडा नं ०६ का अजित कुमार चौधरीले प्रथम हुनु भएको छ । चौधरीलाई ३८ मिनेट लागेको थियो । यस्तै ४२ मिनेट मा दौड पुरा गर्दै मिङ्मार सिंगी तामाङ दोस्रो हुनु भयो भने तेस्रो हुन सफल हुनु भएका लोकेन्द्र राईलाई ४८ मिनेट लागेको थियो ।

म्याराथन महिलामा भने सृजना राई प्रथम हुन सफल हुनु भएको छ । राईलाई दौड पूरा गर्न ५८ मिनेट लागेको थियो । मोई थाई खेलमा भने पुरुष Lightweight तर्फ रोहन उप्रेति विजेता हुनुभयो भने Super Bantam W6 प्रशिद्ध पौडेलले जित्नु भएको छ ।

यस्तै मोईथाई Bantam Weight तर्फ बुद्ध लामा, Super FeatherWeight मा सुजल बुढाथोकी, WelterWeight Division मा दिगविजय सिंङ्ग राथोर र फुर्वा विजेता हुनुभएको मोईथाई खेल संयोजक राजु राईले जानकारी दिनुभयो । महिला तर्फ भने Mini Fight मा सलिना तामाङ्ग विजेता हुनुभएको छ र Super Bantam Weight तर्फ दिव्यानी सिङ्ग राथोरले जित हासील गर्नुभयो । पहिलो दिनको खेलहरु संचालन भए सँगै दोस्रो दिन फुटबल, ब्याडमिन्टन, बास्केटबल, कराते लगायतका खेलहरु संचालन हुनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१