पिडित पत्रकार पाक्सावाले न्याय पाएनन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ पुष २०७१, सोमबार १२:१२

योगी योगेन्द्र

संखुवासभा २१ पौष  ।  photoसमाचार संकलनमा निस्कीएका बेला शसस्त्र प्रहरी जवानको कुटाईबाट घाईते भएका पत्रकार प्रकाश पाक्सावाले आफुले न्याय नपाएको गुनासो गरेका छन् । स्वतन्त्र रुपमा  समाचार संकलन गर्न निस्कीएको बेला सशस्त्र प्रहरीका जवानले आफुलाई मरणनासन्न हुने गरि कुट पिट गरे पनि कुनै सञ्चार सस्थाले मेरो बारेमा समाचार नलेखेको कारण मैले न्याय नपाएको भन्दै गुनासो गरे। शसस्त्र प्रहरीको कुटाईबाट घाईते भएका पत्रकार  पाक्सावाले आफुले कुटाई खाए पनि न्याय नपाएको आफ्नो फेसबुकमा दुखेसो पोखेका छन् । कुटाई बाट थला परेका  पत्रकार  पाक्सावाले आफ्नो फेसबुक वालमा एकात्मकबादी मिडीयाहरले शोसीत र पिडीतहरको आवाज बाहिर ल्याउन नसकेको उल्लेख गरेका छन् । पीडितले  आफुलाई  कुटपिट गर्ने जवानलाई कारबाही हुनस पर्ने  माग गरेका छन्  । पत्रकार पाक्सावालाई गएको बिहिबार तेह्रथुम जिल्लाको  छथरको सुक्रबारेमा रिपोटिङ गर्ने क्रममा म सञ्चारकर्मी हो भनेर परिचय पत्र देखाउदा पनि निर्मम ढंगले  कुटपिट गरि सञ्चार सामाग्री सहति नियन्त्रणमा लिएर करिब १६ घण्टा पछि मात्र रिहाई भएका थिए । घाईते पत्रकार पाक्सावा आफ्नै खर्चले उपचार गरि रहेका छन् । पिडित पत्रकार पाक्सावाले टेलिफोनमा भने ुअहिले सम्म पनि म उठ्न सकेको छैन बेडमै छुु।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१