तीन बालबालिका मृत भेटिए !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० पुष २०७१, आईतवार ०५:१३

tinbalkसप्तरी ,२० पौष । सप्तरीको बैरवा ३ स्थित कोसी नदीको पश्चिम तटबन्धनजिक तीन बालबालिका मृत अवस्थामा शनिबार भेटिएका छन् । तटबन्धको पूर्वतर्फ जमेको पानीमा उनीहरु मृत भेटिएका हुन् ।

तीनैजनालाई कसैले हत्या गरेर पानीमा फालेको हुनसक्ने अनुमान प्रहरीको छ । डीएसपी केदार ढकाल नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पानीबाट बाहिर निकालेको थियो । उनीहरु ६ वर्षीय बालक, तीन वर्षीया बालिका र ६ महिनाकी काखे बालिका रहेको प्रहरीले जनायो । उनीहरुको सनाखत हुन सकेको छैन ।

प्रहरीले घटनास्थलबाट विषको एउटा बोतल, एउटा सारी र महिलाले लगाउने एक जोडी चप्पल बरामद गरेको छ । हत्या गरेर पानीमा फालिएका बच्चाहरुमध्ये कसैको पनि हालसम्म सनाखत हुन नसकेको र अनुसन्धान भइरहेको सप्तरीका एसपी दानसिंह बोहराले जानकारी दिए ।

प्रहरीले मृतक तीनवटै बच्चाको शवलाई घटनास्थलको मुचुल्का बनाई पोष्टमार्टमकालागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको छ ।रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१