पहिले छोरीलाई बलात्कार, अहिले बाबुलाई गोली प्रहार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ पुष २०७१, शुक्रबार ०४:५८

बाँके,१८ पौष  । छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीसमक्ष उजुरी गरेवापत बाँकेको हिलमिनियाँ निवासी एक वृद्ध गोलीको शिकार भएका छन् ।

हिलमिनियाँ-५ का ६५ वर्षका गोबरे कोरीमाथि गोली प्रहार भएको हो । कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बुधबार राति १२ बजेको समयमा आएका तीन बन्दुकधारीले आफूलाई गोली प्रहार गरेको कोरीले बताएका छन् । उनको पेटमा गोली लागेको छ । गोली वारपार भएकाले अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

पहिले छोरीलाई बलात्कार, पछि बाबुलाई गोली प्रहार
कोरीले आफूलाई सुशील बर्मा नेतृत्वको टोलीले गोली हानेको बताएका छन् । उनले भने- ‘राति सुतिरहेको समयमा उनीहरुले मलाई बोलाए, बाहिर ल्याएर गोली हाने । पहिलो गोली लागेन, दोस्रो गोली पेटमा लाग्यो ।’
गोली प्रहार गर्ने बर्मा बलात्कारको अभियोग लागेपछि फरार थिए । कोरीकी छोरीलाई गत साउन २७ गते बलात्कार गरेको अभियोगमा प्रहरीले बर्मालाई खोजिरहेको थियो । बर्मा हिलमिनियाँकै बासिन्दा हुन् ।
घटनामा संलग्न भएको आशंकामा एकजनालाई पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१