मूर्ति चोर भारतीय नागरिक पक्राउ !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ पुष २०७१, बिहीबार ०५:४८

 

ओएस नेपाल, इलाम, १७ पौष  । इलाका प्रहरी कार्यालय पशुपतिनगरले भन्सार प्रज्ञापनपत्र नबनाई अवैध रूपमा भन्सार छली भारत भित्र्याउन लागेको अवस्थामा पशुपतिनगर–४ बाट छ थान तामाका विभिन्न मूर्तिसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
 भन्सार छली मूर्ति भारततर्फ लैजाने क्रममा जाँच गर्ने क्रममा दार्जिलिङ–लोबेमा–२ ग्रामपञ्चायत निवासी ३२ वर्षीय छिरिङ शेर्पासहित रु एक लाख ९७ हजार मूल्य बराबरका छ थान मूर्ति पक्राउ गरेको जानकारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले दिए ।
 गुरु रिम्पोछेको तामाले बनेको एक थान ठूलो मूर्ति, गुरु चरेसीको तामाले बनेको पहँेलो मूर्ति, बुद्धको तामाले बनेको सानो मूर्ति गरी छ थान बरामद गरिएको हो । बरामद गरिएका मूर्तिसहित शेर्पालाई मङ्गलबार नै पशुपतिनगर भन्सार कार्यालय बुझाइएको थापाले जानकारी दिनुभयो । ती मूर्ति कहाँबाट ल्याइएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१