बाबुद्घारा ११ बर्षिया छोरी बलात्कृत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ पुष २०७१, मंगलवार ०४:४२

balatkar-67

सम्राट सिंह / बझाङ ,१५ पौष ।
बझाङको जयपृथ्वी नगरपालिकामा बाबुद्घारा ११ बर्षिया छोरी बलात्कृत भएकी छन । शनिबार राती ३१ बर्षिय बाबु गजेन्द्र खातीले नाबालक छोरी(रिता) नाम परिवर्तनलाई लाई बलात्कार गरेका हुन ।
बाबुले पटक पटक गरी ६ पटक सम्म बलात्कार गरेको पिडित बालिकाको भनाइ रहेको छ । धेरै पटक बलात्कार गरेको भएपनि बाबुले कसैलाई भनेपछि मार्ने धम्की दिने गरेको न्यायका लागि महिला अधिकार मञ्च आएकी पिडित बालिकाले रुदै भनिन् ।
बाबुले मदिरा सेवन गरेर पटक पटक बलात्कार गर्न थालेपछि पिडित बालिकाले आमालाई जानकारी गराउँदा घटना सार्वजनिक भएको हो । सोमबार पिडित बालिकाकी आमाले छोरी न्याय दिन महिला अधिकार मञ्च, जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएकी छन ।
जिल्लामा बाबुद्घारा छोरी बलात्कृत भएको यो पहिलो घटना सार्वजनिक भएको हो । छोरी बलात्कार गर्ने खाती भगौडा नेपाली सेना हुन ।
आफैले जन्माएकी छोरीलाई बलात्कार गर्ने बाबुलाई राज्यले कडा कारबार्हि गर्नुपर्ने महिला अधिकार मञ्चकी सदस्य सीता सिंहले बताइन् । राज्यले यस्ता बलात्कारीलाई उन्मुक्ती दिए अरु छोरीहरु पनि बलात्कारको सिकार हुने उनको भनाइ रहेको छ ।
जिल्लामा पत्येक बर्ष बलात्कारका घटनामा बृद्घि हुदै आइरहेको छ । गतबर्ष १४ जना महिलाहरु बलात्कारका सिकार भएकी थिइन् ।
बलात्कार गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिइ सकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कमल बिष्टले बताए । उनले भने जिल्ला अस्पतालको रिपोर्ट सकारात्मक देखिएकाले छोरी बलात्कार गर्ने बाबुलाई जबरजस्तीकरणी ऐन अन्र्तगत कारबार्हि प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१