ट्याक्टरले किचेर एक बिद्यार्थीको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ पुष २०७१, मंगलवार ०४:१४

images (33)

गणेश विष्ट/भोजपुर,१५ पौष  ।
भोजपुरको उत्तरी चम्पे गाविसमा ट्याक्टरले किचेर एक विद्यार्थीको मृत्यू भएको छ । चम्पे बजार नजिकैदेखि ढुङगा बोकेर आउदै गरेको को २ त ६१ नम्बरको ट्याक्टरले किचेर चम्पे १ घर भएका चम्पे माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत १४ बर्षिय विद्यार्थी प्रदिप कुमार कार्कीको मृत्यू भएको हो । ट्याक्टरको पछाडी चढन खोज्दा खसेको र पछाडीको टायरले किचेको प्रहरीको प्ररम्भीक अनुमान छ ।

सोमबार दिउसो १२ बजे चम्पे बजारमा ढुङगा बोकेको ट्याक्टरले किच्दा विद्यार्थीको घटनास्थलमै मृत्यू भएको थियो । घटना स्थलमा प्रहरी पुगेको छ । मृतकको शवलाई स्थानीयबासीले घटनास्थलबाट उठाउन नदिएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक ललित मगरको छोराले चलाएको र मगरको छोरो घटना पछी मोटसाईकलमा भागेकोले उत्त व्यत्तीलाई प्रकाउ नपरेसम्म सव उठाउन नदिने स्थानीयबासीले बताएका छन ।

घटना लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ट्याक्टर चालक ललित पुलामी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव निरिक्षक बासुदेव खतिवडाले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१