इप्रका बुटवलका प्रहरी सहायक निरिक्षक रानाभाट चोरी गर्दागर्दै रंगेहात पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ पुष २०७१, आईतवार ०४:३५

police 1

कपिल ज्ञवाली / बुटवल,१३  पौष  ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी सहायक निरिक्षक किरण बहादुर रानाभाट चोरी गर्दा गर्दै रंगेहात पक्राउ परेका छन् । बुटवल ५ गोलपार्कबाट उनी पक्राउ परेका छन । राती करिब १२ बजेतिर छाँया पोखरेलको घरमा पसेका असई रानाभाटलाई पोखरेल लगाएतका स्थानियले समातेर प्रहरीलाई बुझाएका हुन् । तनहुँ घरभै बिगत २ बर्षदेखि इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रसनी रानाभााट यसअघि पनि पटक पटक गलत कार्य गरेको अभियोगमा समातिएका थिए तर प्रमाणको अभावमा उन्मुक्ती पाउँदै आएका थिए ।DSC_7601 स्थानियले रक्षक नै भक्षक भएपछि जनताले असुरक्षित महशुस गर्ने भएकोले प्रहरीको छबि समेत धमिलिने भएकोले निज रानाभाटलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । कार्यालयका प्रमुख, प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले अभियुक्त जोसुकै भएपनि कानुनको हातबाट उम्कन नसक्ने भन्दै कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने बताउनुभयो । बिजुलीको पोलबाट चढेर पोखरेलको घरमा छिरेका प्रसनी रानाभाट के उद्देश्यले त्यहाँ गएका हुन भन्ने स्पष्ट हुन सकेको छैन । निज अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छैन ।DSC_7603

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१