उपेन्द्रले गरे मन्त्रिपरिषद् बैठक बहिष्कार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०८१, शुक्रबार ०५:५७

काठमाडौं। विदेश भ्रमणमा रहँदाकै अवस्थामा पार्टी विभाजन भएपछि रनाहमा परेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव संघसँगै प्रदेश सरकारबाट पनि बढारिने अवस्थामा पुगेका छन । पार्टी फुटेर रनाहमा परेका यादवले आज बसेको मन्त्रिपरिषद्को बैठकसमेत बहिष्कार गरेका छन् । सिंहदरबारमा जारी बैठकमा उपेन्द्र अनुपस्थित छन् । उनी अनुपस्थित हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यादव नेतृत्वको जसपा नेपाल फुटाएर अशोक राईले सोमबार जसपा गठन गरेका थिए । प्रतिनिधि सभामा १२ सीट रहेको जसपा नेपालमा राईले ७ सांसद जुटाएर पार्टी फुटाएका हुन् । राईले नयाँ पार्टी गठन गरेपछि ५ सीटमा खुम्चिएका उपेन्द्रले मधेश प्रदेशको सत्ताबाट पनि बाहिरिने अवस्था बन्दै गएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्को सत्ता गठबन्धन परिवर्तन गर्न विपक्षी दलहरुसँग साँठगाँठ गरेको आरोप उपेन्द्रमाथि लाग्दै आउको छ । पार्टी फुटाएका राईले पनि सोही आरोप लगाएका छन् । यद्यपि उक्त आरोपबारे उपेन्द्रले भने खण्डन गर्दै आएका छन् । बरु उपेन्द्रले आफ्नो पार्टी विभाजन हुनुमा सत्तारुढ दलकै हात रहेको आशंका गरेका छन् ।

उपेन्द्रले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हात रहेको आरोप आएका छन् । उनी आजको मन्त्रिपरिषद् बैठक छाडेर पार्टी कार्यालयमा नेता कार्यकर्तासँग विशेष छलफलमा रहेको बताइएको छ । साथै, मधेश प्रदेश सरकारमा आउन लागेको उलटफेरलाई लिएर पनि प्रचण्ड–ओलीसँग उपेन्द्र रुष्ट बनेका छन् ।

मधेशमा हाल जसपा नेपालका सरोजकुमार यादवको नेतृत्वमा सरकार छ । उनी जसपा विभाजनपछि कुन कित्तामा उभिन्छन् त्यो प्रष्ट भईसकेको छैन् । निर्वाचन आयोगले विभाजित जसपाका जनप्रतिनिधिलाई २१ दिनको समय दिएर सनाखतका लागि आउन भनेको छ ।

यता सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमाले जतिसक्दो चाँडो प्रदेश सरकारबाट बाहिरिनेक्रममा छन् । प्रधानमन्त्री प्रचडले बिहीबार नै सरकारबाट बाहिरिने आफ्ना प्रदेश सांसदलाई निर्देशन दिएको बालुवाटार स्रोतले जनाएको छ । यता एमालेले पनि यादव नेतृत्वको सरकार ढालेर सकेसम्म आफ्नै नेतृत्वमा र नभए जनमत पार्टीका चन्दन सिंहको नेतृत्वमा सरकार बनाउने कसरत गरिरहेको छ ।

प्रदेश सरकार बदलेर नयाँ सरकार गठन गर्न यसबीचमा एमाले अध्यक्ष ओली र प्रचण्डले जनमतका अध्यक्ष सीके राउतसँग छलफल गरिसकेका छन् । पहिलो चरणमा जनमतलाई प्रदेशको नेतृत्व दिने र दोस्रो चरणमा आफूले सरकारको नेतृत्व गर्नेमा एमाले सहमत हुनसक्ने आंकलन भईरहेको छ । मधेशमा उपेन्द्रपक्ष सरकारबाट बाहिरिएमा जनमतसँगै लोसपा पनि सरकारमा भित्रिने सत्ता गठबन्धनको विश्वासक छ ।

मधेशमा जनमत र लोसपालाई समेट्न सके उपेन्द्रपक्षलाई केन्द्र सरकारबाट हटाएर नयाँ दललाई मन्त्रिपरिषद्मा ल्यानउ सकिने विश्वासमा प्रचण्ड छन् । यहि त्यस्तो भएमा सरकार अहिले भन्दा बलियो बन्ने र वैकल्पिक सत्ता गठबन्धन बन्ने सम्भावना पनि नरहने बुझाई प्रचण्ड ओलीमा छ ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ। अहिले विकास भइरहेको राजनीतिक घटनाक्रम अनुसार एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी र लोसपा मिलेको अवस्थामा सरकार बनाउन सहजै छ।

एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन्। उपेन्द्र यादवबाट फुटेको नयाँ जसपाबाट भने कति जना सांसद रहेको खुलेको छैन।

अर्थ मन्त्रालय नपाएको भन्दै माओवादी संसदीय दलका नेता भरत साह मुख्यमन्त्री यादवसँग असन्तुष्ट छन । मुख्यमन्त्रीले उनलाई वन तथा वातावरण मन्त्रालयाको जिम्मेवारी तोके पनि उनले स्वीकार गरेका छैनन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१