प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सापकोटा र चिनियाँ प्रतिनिधि डायना पेङ बीच भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ बैशाख २०८१, बिहीबार १२:४८

चाइना एकेडेमी अफ इन्टरनेशनल इकोनोमिक स्ट्राटेजीका प्रतिनिधि नेपाल भ्रमणमा आएका छन् । मे ८ देखि ११ सम्म चल्ने उक्त भ्रमणका क्रममा बुधबार चिन प्रतिनिधि श्रीमती डायना पेङ र प्रधानमन्त्री पुष्पकमल दाहालका  परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटासंग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा कूटनीति,व्यापार सम्बन्ध, र अन्तर्राष्ट्रिय आर्थिक विकास लगायतका बिषयमा  चर्चा गरिएको बताइएको छ । पेङ चाइना हेल्थ पोभर्टी एलिभिएशन प्रोजेक्ट काउन्सिलको मानार्थ अध्यक्ष, अखिल चाइना युथ फेडरेशनको स्थायी समिति सदस्य, झी गोङ पार्टी केन्द्रीय संस्कृति तथा खेलकुद समितिको अध्यक्ष समेत हुन् ।

भ्रमण कै क्रममा चिनियाँ टोलीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी संग समेत भेटघाट गरेका छन्  उक्त भेटघाटका क्रममा दुवै देशका कला, सस्कृति ,गित संगीत तथा चलचित्रको बिषयमा चर्चा गरिएको बताइएको छ।

चाइना एकेडेमी अफ इन्टरनेशनल इकोनोमिक स्ट्राटेजीले २०२२ देखि ऊर्जा, कृषि, संस्कृति तथा पर्यटन, प्रविधि, शिक्षा, वित्त लगायतका परियोजनामा काम गर्दै आइरहेको छ । चाइना एकेडेमी अफ इन्टरनेशनल इकोनोमिक स्ट्राटेजीसँग विश्व राजनीतिज्ञहरू र नोबेल पुरस्कार विजेताहरू जस्ता उत्कृष्ट व्यक्तित्वहरू मिलेर बनेको विशेषज्ञ सल्लाहकार टोली समेत छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१