बुढानिलकण्ठ १२ मा दुई महिने निशुल्क हेयर कटिङ तालिम शुभारम्भ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०८१, शुक्रबार ०५:५०

काठमाडौं।  काठमाडौंको कपनमा रहेको ‘बी स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुन’को संयोजकत्व तथा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ को आयोजनामा २५ जना युवायुवतीहरूलाई २ महिने निःशुल्क हेयर कटिङ कार्यक्रमको उद्घाटन भएको छ।

बी स्टारको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका-१२ का वडाअध्यक्ष शम्भुप्रसाद भट्टराई, विशिष्ट अतिथिहरूमा वडा नं १० का वडाअध्यक्ष नवराज भट्टराई, वडा नं ११ का वडाअध्यक्ष राजु अधिकारी थिए। त्यस्तै कार्यक्रममा अतिथिको रुपमा हास्य टेलिसिरियल सक्किगोनीका कलाकार हरि निरौला “कक्रोज” , सुबोध गौतम “एदुमे”, रश्मी पाण्डे सहभागी थिए।

कपन महिला समाज नेपालकी अध्यक्ष गिता रिजाल , बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा सदस्य मिना बयालकोटी , दिल्ली प्रसाद खतिवडा , शान्ता ढकाल र ईश्वरी खतिवडाको सहभागीतामा आयोजित कार्यक्रमको सभापतित्व बी स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनका प्रमुख तथा मेकअप आर्टिष्ट बिक्रम गौतमले लिएका थिए।

कलाकार रश्मी पाण्डेको स्वागत मन्तव्यसंगै प्रारम्भ भएको कार्यक्रममा उपस्थित अतिथिहरूले दुईवटा डमिमा कपाल काटेर कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेका थिए। उद्घाटन संगै मन्तव्य राख्दै कलाकार हरि निरौला र सुबोध गौतमले कपाल काट्ने पेशा आफैमा एक जटिल पेशा रहेको तर देशमा कपाल काट्नको निम्ति अझैपनी दक्ष जनशक्तिको अभाव खड्किरहेको बेला आयोजना गरिएको हेयर कटिङ तालीम अवधीभर सहि तरिकाले तालिम लिन र तालिम लिएसंगै यो पेशालाई थप निरन्तरता दिएर अगाडि बढ्न सबै सहभागीलाई अनुरोध गरे।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा समेत केहि समय अगाडि हेयर कटिङ तालिम आयोजना गरिएको थियो। सोही वडाका वडाअध्यक्ष नवराज भट्टराईले अन्य वडामा पनि यस्ता तालिम आयोजना हुँदा आफू खुशी रहेको बताए। संगै विशिष्ट अतिथिको रुपमा रहेका बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीले आफ्नो वडामा पनि आगामी दिनमा सिपमुलक तालिम आयोजना गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रमको आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को तर्फबाट आफ्नो मन्तव्य राखेका वडाअध्यक्ष शम्भुप्रसाद भट्टराईले स्वदेशमा नै केही मात्रामा भएपनी रोजगारीको अवसर प्रदान गर्न आफ्नो वडा निरन्तर लागिरहेको बताए। साथै उनले हेयर कटिङ तालिममा सहभागी हुने सम्पुर्णलाई दुई महिना ध्यान दिएर तालिम लिन र तालिम लिएपछी पनि हेयर कटिङ पेशालाई अगाडि बढाउन अनुरोध गरे। उनले बी स्टारका प्रमुख बिक्रम गौतमको तारिफसंगै तालिममा आफ्नो वडाले गर्नपर्ने थप सहयोग गर्नुपरेमा पछी नहट्ने प्रतिबद्धता व्यक्त गरे।

बी स्टारका प्रमुख तथा मेकअप आर्टिस्ट बिक्रमले आयोजित तालिम गर्ने शौभाग्य प्राप्त गर्ने अवसर प्रदान गरेकोमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ परिवारलाई धन्यवाद सहित तालिममा सहभागी सबैलाई तालिम अवधीभर समयको महत्त्व बुझेर तालिम लिन आग्रह गर्दै आफुले सिकेका सम्पुर्ण अनुभव तालिममा साट्ने वचन दिए। साथै उनले स्वदेशमा नै रोजगारको अवसर कयौं रहेको तर वर्तमान समयमा सहि तरिकाले अवसरलाई ग्रहण गर्न नसक्ने अवस्थाको केही मात्रामा भएपनी अन्त्य गर्न आफू निरन्तर होमिएको बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१