आफ्नै भाइबुहारीलाई बेश्यालयमा पुर्याएर बिक्री गरेपछि…….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ मंसिर २०७१, सोमबार १०:०४

Mahila-bechbikhan-cheli-paisaमकवानपुर,२९ मंसिर । भाइबुहारीलाई बिक्री गरेको अभियोगमा एक दम्पतीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । मकवानपुरगढी ८ की २८ वर्षीया सानीमाया दंगाल ( नाम परिवर्तन )लाई बिक्री गर्ने हेटौडा ११ की आमाजू सावित्री र राजु घिमिरेलाई थुनमा पठाइएको हो ।

दंगाललाई ५ वर्षअघि भारतको कोलकातास्थित बेश्यालयमा लगेर बिक्री गरेको आरोपमा उनीहरुलाई प्रहरीले गत मंसिर ९ मा पक्राउ गरेको थियो । सानीमाया अशक्त अवस्थामा गत मंसिर ५ मा हेटौडा नवलपुरस्थित माइती आइपुगेकी थिइन् । उनलाई भारत सिलिगुडीको एक गैरसरकारी संस्थाले माइतीको जिम्मा लगाएको हो । आमाजु सावित्रीले ०६६ असारमा सानीमायालाई कोलकातामा काम गर्ने पतिसँग भेटाइदिने भन्दै बेश्यालयमा पुर्याएर बिक्री गरेकी थिइन्,आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१