तराईलाई बहुप्रदेश बनाउन थारुहरुको माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ मंसिर २०७१, सोमबार ०७:४२

DSC06361ड्ड तराईका थारु लगायतलाई मधेशी बनाउने षड्यन्त्रको बिरुद्धमा आन्दोलन जारी राख्ने
कपिल ज्ञवाली
बुटवल, २९ मङ्सिर  ।
थारु कल्याणकारीणी सभाको केन्द्रीय परिषद बैठकले तराईलाई बहुप्रदेश बनाउनु पर्ने मुख्य माग सहित १२ बुँदे घोषणा पत्र जारी गरेको छ । थारु कल्याणकारीणी सभाको मंसिर २६ र २७ गते रुपन्देहीको लुम्बिनीमा सम्पन्न परिषद बैठकले तराईका थारु आदिवासीहरु मधेशी नभएको निश्कर्ष निकाल्दै तराईका थारु लगायतलाई मधेशी बनाउने षड्यन्त्रको बिरुद्धमा आन्दोलन जारी राख्ने पनि निर्णय गरिएको आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । आत्म निर्णयको अधिकार सहित थरुहट स्वायत्त प्रदेश संबिधानमा सुनिश्चित गर्नुपर्ने, अन्तराष्ट्रिय श्रम संगठन आई.एल.ओ. महासन्धि १ सय ६९ लाई नेपाल सरकारले अनुमोदन गरिसकेकाले संबैधानिक ब्यबस्था गरि कायान्वयनको सुनिश्चितता गर्नुपर्ने, थरुहट तराईलाई अन्तरिम संबिधानमा पहिलो संशोधनबाट मधेश घोषणा गरिएकोले सो त्रुटी सच्याउनु पर्ने माग परिषद बैठकले गरेको थारु कल्याणकारीणी सभाका अध्यक्ष धनिराम चौधरीले बताए ।
त्यस्तै राज्यको पुनःसंरचनाका क्रममा थारु समुदायको हित हुने गरि तराई र पहाडमा बराबर जनसंख्या भएकाले बराबर संख्यामा प्रदेश विभाजन गर्नुपर्ने उसको प्रमुख माग हो ।
मुक्त भएका कमैया कम्लरीहरुलाई कृषि योग्य जमिन सहित गास बास कपास र रोजगारीको व्यबस्था गर्नुपर्ने, राज्यका हरेक निकायमा समानुपातिक सिद्धान्तका आधारमा आफूहरुलाई अवसर, प्रतिनीधित्व र रोजगारी उपलव्ध गराईनु पर्ने, थारु भाषा, लोप हुँदै गएको थारु संस्कृतिको संरक्षण गर्दै उत्थानका लागि राज्यले बिशेष पहल गर्नुपर्ने माग गर्दै आदिबासी थारुहरुले उठाएका मागलाई राज्यको तर्फबाट अवमुल्यन गर्ने प्रयास भए कुनैपनि बेला निर्णायक आन्दोलनमा उत्रिने चेतावनी समेत दिईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१