आइपिडिएफ र सिल्क रोड बीच सम्झौता पत्रमा हस्ताक्षर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०८१, सोमबार ०६:३५

काठमाडौं । नेपालमा स्थापना भएर अन्तर्राष्ट्रिय परियोजनाको विकासका लागि कार्यक्रम गर्दै आएको संस्था इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम (आइपिडिएफ) र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबीच ९ वटा मुख्य परियोजनाको अनुसन्धान तथा विकास गर्नेनिर्माण गर्ने सम्झौता सप्पन्न भएको छ ।

दुई संस्था विच ९ वटा महत्वपूर्ण परियोजनाको खोज, अनुसन्धान, लगानी सम्मेलन तथा परियोजना विकास गर्ने उद्देश्यले सम्झौता गरिएको हो । नयाँ सम्झौतापत्र अनुसार आपसी समझदारी तथा सहयोगमा दुई संस्था बीच शैक्षिक अनुसन्धान, नवप्रवर्तन, औद्योगिकीकरण, पर्यटन पुर्वाधार विकास, यातायात पुर्वाधार विकास, लगानी र ब्यापारको प्रवर्धन, सांस्कृतिक आदानप्रदान, चुनौती र संभावनामा सहकार्य, आर्थिक सहायता तथा साजेदारीका लागि परियोजना हरुको विकास गरिनेछ ।

कार्यक्रमलाई सम्वोधन गर्दै बुढानिलकण्ठ नगरपालिका नगरप्रमुख मिठाराम अधिकारीले इतिहास देखि चल्दै आएको नेपाल र चीन बीचको दौत्य सम्वन्धलाई नयाँ स्वरुपबाट परिभाषित गरी सहकार्यको यात्रा अगाडि बढाउनु पर्ने बिचार ब्यक्त गर्नुभएको थियो ।  बागमती  प्रदेश सांसद जयराम थापाले समग्रतामा नेपाल र चीनबीचको सांस्कृतिक सहकार्य र विकासमा सहकार्य गर्न आफु इच्छुक रहेको विचार ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले मुख्यत उद्यमशीलता विकास, फोहोरमैला ब्यवस्थापन र पर्यटन विकासमा सहकार्य गरेर कार्य गर्ने बिषयमा जोड दिनुभएको थियो ।

चिनियाँ प्रतिनिधिले आईपिडिएफका प्रतिनिधिहरुसंग सल्लाह तथा बुढानिलकण्ठ नगरपालिका र  चिनको १० वटा  नगरपालिका संग भगेनी सम्बन्ध कायम गरि अध्यन अबलोकन सहित एक बिज्ञ टोलि छिट्टै चिनको निमन्त्रणामा भ्रमण गर्ने गरि तय गरिएको आइपिडिएफका केन्द्रीय अध्यक्ष  मुकुन्द ढुंगानाले जानकारी गराउनुभयो ।  बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, बागमती प्रदेश सांसद जयराम थापा, बुनपा प्रमुख प्रशाशकीय अधिकृत तुल्सीराम अर्यालको सहजीकरणमा आइपिडिएफ र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबीच सम्झौता सम्पन्न गरिएको हो  ।

परियोजनाको विकास र विस्तारमा बुढानिलकण्ठ नगरपालिकाले सहजीकरण र सहयोग गर्ने प्रतिवद्धता जनाइएको थियो । आइपिडिएफका केन्द्रीय अध्यक्ष् मुकुन्द ढुंगाना , महासचिव कमल कार्की, सदस्य सचिव द्रोण पराजुली र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाका तर्फबाट महासचिव होङ होङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१