आन्तरिक प्रतिस्पर्धाबाट १४ जना सहसचिवमा सिफारिस, एक जना मात्रै महिला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०८१, शुक्रबार ०५:२२

काठमाडौं । आन्तरिक प्रतिस्पर्धाबाट विभिन्न सेवाका १४ जना सहसचिवमा सिफारिस भएका छन् । लोक सेवा आयोगले लिएको विभिन्न चरणको परीक्षाबाट प्रशासन सेवातर्फ नौ जना, लेखापरीक्षण सेवातर्फ एक जना, इन्जिनियरिङ सेवातर्फ एक जना, परराष्ट्र सेवातर्फ एक जना, न्याय सेवातर्फ एक जना र सरकारी वकिल सेवातर्फ एक एक जना गरेर १४ जना सहसचिवमा सिफारिस भएका हुन् ।

प्रशासन सेवातर्फ विनोदकुमार खड्का, राजन पौडेल, पुरुषोत्तम शर्मा, कृष्णप्रसाद मैनाली, केशवराज सुवेदी, वेदप्रसाद भण्डारी, मिरा आचार्य, रविलाल शर्मा र ज्ञानहरि घिमिरे सिफारिस भएका छन् ।

लेखापरीक्षण सेवातर्फ राजेन्द्रराज ओझा सहसचिव अर्थात नायव महालेखापरीक्षकमा सिफारिस हुदाँ नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूहतर्फ अर्जुनकुमार बम सिफारिस भएका छन् । यस्तै परराष्ट्र सेवातर्फ ज्ञानबहादुर मगर सिफारिस हुदाँ न्याय सेवाको न्याय समूहतर्फ दीपक भण्डारी र न्याय सेवाकै सरकारी वकिल समूहतर्फ दीपशिखा मुनाकर्मी सिफारिस भएका छन् ।

आयोगले आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएकामध्ये नौ जना, लेखापरीक्षण, इन्जिनियरिङ र परराष्ट्र सेवाका एक जना गरेर १२ जनालाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको छ । यस्तै न्याय समूहका एक जनालाई नियुक्तिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा सरकारी वकिल समूहतर्फका एक जनालाई नियुक्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१