५ सचिवको सरूवा, को कहाँ पुगे ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०८१, सोमबार ०५:४५

काठमाडौं। सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवसहित पाँच जना सचिवलाई सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सामान्यका सचिव विनोदप्रकाश सिंहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ । सामान्य मन्त्रालयमा उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौलालाई ल्याएको छ ।

यस्तै, वित्त आयोगका सचिव कृष्णबहादुर राउतको उद्योग मन्त्रालयमा सरुवा भएपछि उक्त ठाउँ खाली थियो । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश भट्टराईको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।

महिला मन्त्रालयका सचिव सुमनराज अर्यालको भने युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको हो । खेलकुद सचिव रविलाल पन्थको निर्वाचन आयोगमा सरुवा भएपछि उक्त ठाउँ खाली थियो ।

यता अर्थसचिवको दौडमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेललाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरिएको छ । अर्थ सचिव कृष्णहरि पोखरेललाई थमौती गर्न भूमिका खेलेका मुख्यसचिव अर्यालले पोखरेललाई तथ्याङ्क कार्यालय जान बाध्य बनाएका हुन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तोयम राया महालेखापरीक्षकमा सिफारिस भएपछि उक्त ठाउँ खाली थियो । मुख्यसचिव अर्यालको अस्वभाविक चलखेलले सचिव सरुवा अपारदर्शी बन्दै गएको आरोप लाग्न थालेको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१