नेपाल निर्यात परिषदको अध्यक्षमा नरेशलाल श्रेष्ठ सर्वसम्मत चयन, यस्तो छ १५ सदस्यीय कार्यसमिति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०८०, सोमबार ०७:४८

काठमाडौं । नेपाल निर्यात परिषदको अध्यक्षमा नरेशलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । परिषदको २६ औं साधारणसभाले उनलाई अध्यक्षमा सर्वसम्मतीले चयन गरेको हो । उनीसहित परिषदको कार्यसमितिमा १५ जना सदस्य सर्वसम्मतीले चयन भएका छन् ।  जसमध्ये परिषदको प्रथम उपाध्यक्षमा डा. रामशरण थपलिया, द्वित्तिय उपाध्यक्षमा हरिप्रसाद ढकाल, महासचिवमा हरि प्रसाद ढकाल र कोषाध्यक्षमा कन्हैयालाल शाह चयन भएका छन् ।

यस्तै परिषदको सचिवमा राजु बानियाँ र सह कोषाध्यक्षमा वसन्तराज अधिकारी चयन भएका छन् । परिषदको कार्यसमिति सदस्यमा भने अमृतमान श्रेष्ठ, हरिशरण भेटवाल, सरस्वती सेढाई त्रिपाठी, रामकुमार थपलिया र प्रविन मान श्रेष्ठ चयन भएका छन् ।

यस्तै साधारणसभाले प्रेमराज नराल र अगिर बगालेलाई मनोनित कार्यसमितिमा चयन गरेको छ । यसअघिका अध्यक्ष रेशम बहादुर पोख्रेल नेतृत्वको कार्यकाल समापन भएसँगै परिषदको नयाँ कार्यसमिति चयन गरिएको हो ।

May be an image of 15 people, dais and textMay be an image of 2 people, dais and textMay be an image of 2 people, dais and text that says 'अध्यक्ष'May be an image of 2 people, dais and text

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१