यी हुन नेपाल र भारतबीच भएका चार सहमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० पुष २०८०, शुक्रबार ०७:२१

काठमाडौं ।  नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ ।

भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन् ।

नेपालले बनाएको स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा पनि हस्ताक्षर भएको हो । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीर न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्ने उल्लेख छ ।

यस्तै हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमतिमा नेपालका अर्थ सचिव कृष्णहरि पुस्कार र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका हुन ।

यो सहमति अनुसार काठमाडौंस्थित भारतीय दूताबासले अब एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्नसक्ने छ । त्यस्तै भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली रुपैयाँ अनुदान सहयोग गर्ने सहमति भएको छ ।

दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केबी पावर क्षमताका तीनवटा प्रसारण लाइनको उदघाटन गरेका छन ।

संयुक्त आयोगको बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा गर्ने, आगामी दिनमा नेपाल र भारतको सम्बन्धलाई कसरी सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१