किवानिज ईन्टरनेशनल नेपाल वर्ष २०२३–२४ को मिडिया संयोजकमा मुकुन्द ढुंगाना चयन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०८०, आईतवार ०८:०७

काठमाडौं । किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२३–२४  का लागी मिडिया संयोजकमा किवानिज क्लब अफ युनिक नेपालका चार्टर प्रेसिडेन्ट मुकुन्द ढुंगाना चयन भएका छन । ढुंगानाले वर्ष २०२२–२३ को पनि  मिडिया संयोजकको कार्यभार समालेका थिए । किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२३–२४  का लागी मिडिया संयोजकमा जिम्मेवारी प्रदान गर्दै  किवानिज नेपालको गर्भनर तिर्थ कुमार सिंहले Kiwanis international nepal district- k69 District committee announcement & certificate distribution program 2023-2024  कार्यक्रम  आयोजना गरी प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

शनिवार आयोजित कार्यक्रममा बोल्दै किवानिज नेपालको गर्भनर तिर्थ कुमार सिंहले आफ्नो कार्यकालमा किवानिज नेपाललाई विश्वमै परिचित बनाउने र हरेक क्लब ,पधादिकारी र नेतृत्व बिना असम्भव हुने हुदा सबैले आ आफ्नो ठाउबाट महत्वपूर्ण भूमिका निभाउनुपर्ने  बताउनुभयो  । सिंहले भने जुनसुकै क्षेत्रमा मिडियाको महत्वपूर्ण भूमिका हुने हुदा  पत्रकार मुकुन्द ढुंगानालाई वर्ष २०२३–२४  का लागी मिडिया संयोजकमा नियुक्ति गरिएको जानकारी दिए ।

सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले वालवालिका र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा भने सन् २०१६ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिकाको क्षेत्रमा लक्षित विभिन्न कार्य गर्दै आइरहेको  छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१