फेसबुक र युट्युबमाथि गोकर्णेश्वर नगरपालिकाले लगायो प्रतिबन्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०८०, शनिबार ०७:१६

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले फेसबुक र युट्युब चलाउन बन्द गरेको छ । नगरपालिकाले आफ्नो कार्यालयभित्र फेसबुक र युट्युब चलाउन बन्द गरेको हो । जनताको सेवामा नियमित खटिने र सेवा प्रवाहलाई छिटो छरितो बनाउनु पर्ने कर्मचारीले फेसबुक र युट्युब चलाएर सेवा प्रवाह अवरुद्ध गर्ने भएकाले कर्मचारीलाई कार्यालय समय अवधिभित्र फेसबुक र युट्युब चलाउन बन्द गरेको हो ।

सामाजिक सञ्जालका यी दुई माध्यमलाई गोकर्णेश्वर नगरपालिकाको कार्यालय समयभित्र प्रयोगमा रोक लगाएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भएको छ । पन्थीले बताए अनुसार कार्यालयमा भएका कुनै पनि कम्प्युटरमा फेसबुक र युट्युब चलाउन नमिल्ने बनाइएको छ । अहिले हरेक फाँटमा रहेका कर्मचारीका कम्प्युटरमा फेसबुक र युट्युब चल्दैन ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१