त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने छ जना दोषी ठहर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०८०, शुक्रबार ०६:४७

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने नेपाल विद्यार्थी संघका छ जना नेता तथा कार्यकर्तालाई अदालतले दोषी ठहर गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद कुमार खतिवडाको एकल इजलासले उक्त मुद्दामा आज फैसला सुनाउँदै कुटपिटमा संलग्न छ जनालाई जनही दुई वर्ष कैद र २८ लाख १७ हजार पाँच सय ३५ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

उक्त घटनामा संलग्न हरि आचार्य, योगेन्द्र रावल, रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई जनही दुई वर्ष कैद सजाय सुनाइएको हो । घटनाका सहयोगी भनिएका दीपकराज ओझालाई भने अदालतले सफाइ दिएको छ ।

उक्त मुद्दामा सरकारका तर्फबाट सहन्यायाधीशवक्ता दिनेश श्रेष्ठ, जिल्ला न्यायाधिवक्ता श्रीराम खनाल र सहायक जिल्ला न्यायाधिवक्ता चन्द्रप्रसाद सञ्जेल तथा कानुन व्यवसायीबाट ओमप्रकाश अर्याल, डा.सुरेन्द्र भण्डारीलगायतले वहस गरेका थिए । प्रतिवादीका तर्फबाट शेरबहादुर केसी, उज्जलराम घिमिरे, योगेन्द्रबहादुर अधिकारी, राजकुमार उप्रेतीलगायतले वहस गरेका थिए ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरूले २०७७ सालमा त्रिवि परिसरमै चलाउनेमाथि आक्रमण गरेका थिए। आक्रमणमा चलाउनेको खुट्टा भाँचिएको थियो । साथै, टाउको र छातीमा समेत चोट लागेको थियो।

आफूमाथिको आक्रमण गर्ने नेविसंघका नेता तथा कार्यकर्ताविरुद्ध चलाउनेले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए । जिल्ला अदालत काठमाडौंमा उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारी वकिल कार्यालयले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

सरकारी वकिलको निर्णयपछि चलाउने सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चको आदेश अनुसार फेरि चलेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१