तपाईको मोबाइल एमडीएमएसमा दर्ता छ? यस्तो छ जाँच गर्ने तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०८०, बुधबार ०६:४२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार रातीदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गरेको छ ।

अवैध तथा गैरकानुनी रुपमा मोबाइल फोनहरु नभित्रिउन् र कानुनी बाटोबाट नै मोबाइलहरुको आयात तथा खरिद बिक्री गराउने लक्ष्यसहित एमडीएमएस प्रणाली नेपालमा कार्यान्वयनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

एमडीएमएस लागु भएसँगै दर्ता नभएका तथा अवैध र गैरकानुनी रुपमा भित्रिएका मोबाइलहरु चल्न बन्द हुने प्राधिकरणले जनाएको छ ।

आफ्नो फोन एमडिएमएसमा दर्ता भएको छ/छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np मा गएर हेर्न सकिन्छ । यसका लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ ।

अथवा मोबाइल नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१