हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न महानगरको आग्रह, मङ्गलवारदेखि अनुगमन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ आश्विन २०८०, आईतवार ०६:२४

काठमाण्डौं । काठमाण्डौ महानगरपालिकाले खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरले दशैँका लागि किनबेच हुने खसीबोकालगायत चौपायाको यही २३ गते मङ्गलवारदेखि नै अनुगमन र स्वास्थ्य परीक्षण गर्न लागेको हो। अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र यस्तो अनुगमन हुँदै आएको थियो ।

 

कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वाथ्य परीक्षण गर्ने महानगरको तयारी छ । खसीबोकाको बिक्री केन्द्रमा नै गरिने अनुगमनका क्रममा स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने छ । महानगरले परीक्षणपछि हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न आग्रह गर्दै पशु चौपाया बिक्री गर्ने ठाउँ, मासु पसल र बधशालालगायतका ठाउँमा पनि अनुगमन गर्ने जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१